युवा नेता खनालद्वारा जन्मदिनमा शैक्षिक सामग्री तथा खाद्यान्न सामग्री वितरण

बुटवल । विद्यार्थी युवा नेता विष्णु प्रसाद खनालले आफ्नो जन्मदिन लुम्बिनी अपाङ्ग दृष्टिविहीन अनाथ आश्रम उजेलापुरमा मनाएका छन।
खनालले आफ्नो ३० औं जन्मदिन अपाङ्ग असहाय बालबालिका संग मनाउन पाउँदा खुसी लागेको बताए।खनालले आफ्नो जन्म दिन सबै का लागि विशेष हुने हुनाले जन्म दिन यसरी नै सहयोग गरिमनाउदा आफुलाई गर्व महसुस भएको बताए। उनले जन्मदिनमा अनावश्यक खर्च नगरी सामाजिक क्षेत्रमा काम गर्नुपर्छ भन्ने भावना सबैमा हुनुपर्छ भन्दै आफ्नो जन्म दिन यसरी नै मनाउनुपर्ने बताए।
विद्यार्थी लाई शैक्षिक सामग्री तथा खाद्यान्न सामग्री वितरण गरि केक कार्टी आफ्नो जन्म दिनको खुसियाली साटासाट गरेका थिए।
कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रकाश रानाले युवाहरुमा सामाजिक भावना बढ्दै जानू सकारात्मक कुरा रहेको बताए।
उनले आश्रमको भौतिक पूर्वाधार निर्माण गर्न बुटवल उपमहानगरपालिका र प्रदेश सरकार ले पहल गर्नुपर्ने बताउदै आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताए।
कार्यक्रमको सन्चालन बुटवल बहुमुखी क्याम्पस का विद्यार्थी नेता माधव केसीले गरेका थिए।आश्रममा कुल ३६ बालबालिका बस्दै आएका छन।
लेखकको सम्वन्धमा