लुम्बिनीमा एकैदिन साढे २ सय बढि सवारी कारबाही, २ लाख बढि राजश्व शंकलन

बुटवल । नयाँ आर्थिक वर्ष २०८१÷८२ अन्तरगत साउनको पहिलो दिनमा लुम्बिनी प्रदेशमा २ सय बढि सवारी कारबाहीमा पर्दा २ लाख बढि राजश्व संकलन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार पहिलो दिन २ सय ६४ सवारीसाधन कारबाहीमा परेका हुन् ।
यी सवारी कारबाहीबाट २ लाख १५ हजार ५ सय रुपैयाँ राजस्व शंकलन भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका सुचना अधिकारी होम बहादुर थापाले जानकारी दिए ।
उनका अनुसार सबैभन्दा धेरै बाँकेमा १ सय १६ सवारी कारबाहीमा परेका छन् भने अर्घाखाँची र बर्दियामा कुनैपनि सवारी कारबाहीमा परेका छैनन् । बाँकेमा ८४ हजार ५ सय रुपैयाँ राजस्व शंकलन भएको छ ।
यस्तै रुपन्देहीमा ४० सवारी कारबाहीबाट ३८ हजार, रोल्पामा २६ सवारी कारबाहीबाट २० हजार ५ सय , दाङमा २२ सवारी कारबाहीबाट १५ हजार राजस्व शंकलन भएको कार्यालयले जनाएको छ ।
यस्तै नवलपरासी पश्चिम र पाल्पामा १५÷१५ सवारी कारबाहीमा परेका छन् । जसबाट नवलपरासी पश्चिममा १४ हजार ५ सय तथा पाल्पामा १३ हजार रुपैयाँ राजश्व संकलन भएको छ।
यस्तै प्युठनमा १४ सवारी कारबाहीबाट ११ हजार ५ सय, कपिलवस्तुमा ११ सवारी कारबाहीबाट ११ हजार, रुकुम पूर्वमा ३ सवारी कारबाहीबाट ५ हजार तथा गुल्मीमा २ सवारी कारबाहीबाट १५ सय रुपैयाँ राजस्व शंकलन भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।
साथै प्रदेशका २६ स्थानमा बिभिन्न सवारी साधनका चालक,सह–चालक तथा यात्रुहरुलाई सवारी दुर्घट्ना न्युनिकरण सम्बन्धी ट्राफिक सचेतनामूलक प्रशिक्षण प्रदान प्रदान गरिएको कार्यालयले जनाएको छ । जसमा १ हजार ९८ जना लाभांवित भएको कार्यालयले जनाएको छ ।
०००
लेखकको सम्वन्धमा