क्याननमा हस्तलेखन प्रशिक्षण

Read Time:1 Minute, 21 Second
बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडन नम्बर ८ मा रहेको क्यानन माध्यमिक बिद्यालयले बिद्यार्थीहरुबिच हस्तलेखन प्रशिक्षण गरेको छ ।
बिद्यालयले शैक्षिक क्यालेण्डर अन्रतगत असार १६ देखी २१ गतेसम्म कक्षा पिजी देखी १० सम्मका बिद्यार्थीहरुबलाई नेपाली र अग्रेजी भाषामा प्रशिक्षण गराइएको थियो ।
प्रशिषण पश्चात लिईएको परिक्षामा उत्तिणर् बिद्यार्थीहरुलाई आईतबार सम्मान तथा पुरस्कृत गरिएको छ ।
बिद्यालयका प्राचार्य शंकर भण्डारी, मा.वि. संयोजक सुरेस घिमिरे र नि.मा.वि. संयोजक विजय पराजुलीले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रमको संचालन अतिरिक्त क्रियाकलाप संयोजक मिनराज गिरिले गरेका थिए ।
एक हप्ता सम्म संचालनभएको उक्त प्रशिक्षणमा ओम प्रकाश बस्यालको संयोजकत्वमा सात सदस्यीय टोलिले विद्यार्थीहरुलाई प्रशिक्षण गरेको थियो ।
लेखकको सम्वन्धमा