क्याननमा लैङ्गिक सचेतना

Read Time:1 Minute, 22 Second
बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको क्यानन माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई लैङ्गिक सचेतना प्रदान गरिएको छ।
एक कार्यक्रमका बिच यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय, समुदायका व्यक्ति तथा व्यक्तिलाई गरिने व्यवहार र यसको परिवर्तनका लागि हुने गतिविधिको बारेमा सचेतना प्रदान गरिएको हो।
निल हिरा समाजले आयोजना गरेको सचेतना कार्यक्रममा साहसी कदम नेपालका रेन्बो यूथ लिडर एण्ड एडभोकेसी अफिसर रोज मगरले प्रस्तुतीकरण राखेकी थिइन।
विद्यालयका प्राचार्य शंकर भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्लस टु विज्ञान सङ्काय संयोजक कमल गौतम, मावि संयोजक सुरेश घिमिरे, मीनराज गिरि लगायतले बोलेका थिए।
कार्यक्रममा कक्षा ९ र १० का २ सय विद्यार्थी सहभागी थिए।
क्याननमा प्ले ग्राउन्ड देखि कक्षा १२ सम्म १२ सयभन्दा धेरै विद्यार्थी अध्ययनरत रहेका छन्।
लेखकको सम्वन्धमा