लुम्बिनीमा ९५ प्रतिशत क्षेत्रफलमा रोपाई हुने अपेक्षा, यस्तो छ जिल्लागत अपडेट

लुम्बिनीमा ९५ प्रतिशत क्षेत्रफलमा रोपाई हुने अपेक्षा, यस्तो छ जिल्लागत अपडेट
1 0
Read Time:6 Minute, 35 Second

बुटवल । लामो समयसम्म परेको खडेरीको कारणले मुख्यबाली धानखेती गर्ने किसानहरुले धान रोपाई गर्न सकेका छैनन् ।

पछिल्लो एक हप्तामा पानी परेपनि बिउ राख्दादेखी नै भएको ढिलाईले असारको आधा महिना बित्दा करिब २३ प्रतिशत मात्रै रोपाई भएको छ ।
तर, समयमा रोपाइँ नहुने र धान आयात गर्नैपर्ने बाध्यता छ। यस वर्ष पनि मध्य असारसम्म लुम्बिनी प्रदेशमा ७७ प्रतिशत क्षेत्रफलमा रोपाई हुन बाँकी छ ।

सिँचाइ र मलखादको अभावका कारण अधिकांश खेत बाँझै छन्। यद्यपी यो वर्ष गत वर्षको तुलनामा ७.४१ प्रतिशत बढी धान रोपाई भएको छ ।
गत वर्ष लुम्बिनी प्रदेशमा असार १४ गतेसम्म ११.०९ प्रतिशत धान रोपाइँ भएको थियो भने यो वर्ष साढे १८ प्रतिशत रोपाई भएको कृषि विकास निर्देशनालयका कृषि अर्थ विज्ञ डिल्लीराज पौडेलले जानकारी दिए ।

मौषमले सतप्रतिशत रोपाई नहुने

रोपाई असार देखी भदौ सम्म पनि हुने गरेको छ । धानको ब्याड् राख्नेदेखी रोपाई सम्मको समयमा सिँचाई नहुँदा रोपाई प्रभावित बनेको छ ।
कृषि विकास निर्देशनालयका अनुसार लुम्बिनी प्रदेशमा धान रोपाई हुने ३ लाख ११ हजार ६४३ हेक्टर क्षेत्रफलमध्ये ४६ प्रतिशत क्षेत्रफलमा मात्रै सिँचाई सुबिधा पुगेको छ ।

सिँचाई सुबिधा पुगेमा रोपाई शतप्रतिशत हुने सम्भावना रहने निर्देशनालयका महानिर्देशक यम नारायाण देवकोटाले बताए ।
गएको वर्षमा ९५ प्रतिशत क्षेत्रफलमा रोपाई भएको लुम्बिनी प्रदेशमा यो वर्षपनि ९५ प्रतिशतकै हाराहारीमा रोपाई हुने अपेक्षा गरिएको उनले बताए ।
उनले भने,‘गएको वर्षको अहिलेको अवस्था हेर्दा करिब ८ प्रतिशत धेरै रोपाई भईसकेको छ । गतवर्ष लुम्बिनी प्रदेशका १२ जिल्लाको अवस्था हेर्दा ९५ प्रतिशत क्षेत्रफलमा रोपाई भएको थियो । यो वर्ष पनि सोही अनुमान गरेका छाँै । ’

सिँचाईको अभाव र आकाशको पानीमानिर्भर हुँदा कम मात्रामा धान रोपाई भएको मन्त्रालयका सूचना अधिकारी युवराज ढकालले बताए । ‘सिचाईको क्षेत्र बढाउन सकिएको नसक्दा र आकाशे पानीमा नै निर्भर हुनुपर्ने अवस्था छ । यो वर्ष पानी पर्न केही ढिला भयो । यसको असर रोपाईमा पर्यो ।’–उनले भने।
साथै यो वर्ष धान रोपाईका लागि आवश्यक पर्ने मल गत वर्षको तुलनामा धेरै नै स्टक रहेकाले मलको अभाव नहुने प्रवक्ता ढकालले दाबी गरे । ‘यो वर्ष लुम्बिनी प्रदेशमा मलको स्टक गत वर्षको तुलनामा धेरै नै छ । यसकारणले यो वर्ष जस्तो मलको अभाव हुँदैन् ।’– मन्त्रालयका प्रवक्ता ढकालले भने ।

यतो छ जिल्लागत रोपाईको अवस्था

प्युठानमा ६ हजार ५२५ हेक्टर क्षेत्रफल अर्थात धान रोपाई हुने क्षेत्रको छ भने यहाँ समाचार तयार पर्दासम्म ५ हजार ३५१ क्षेत्रफलमा रोपाई भएको छ । कपिलबस्तुमा धान रोपाई हुने ६९ हजार ४८० हेक्टर क्षेत्रफल मध्य ५ हजार ५३८ क्षेत्रफलमा मात्रै रोपाई सकिएको छ । रुपन्देहीमा धान उत्पादन हुने ६३ हजार ४९७ हेक्टर क्षेत्रफलमध्ये १५ हजार ८७५ हेक्टरमा रोपाईँ भएको छ ।

यस्तै धान उत्पादन हुने मुख्य जिल्ला दाङ जिल्लामा धान रोपाई हुने कुल ३७ हजार २२५ हेक्टर क्षेत्रफलमध्ये ४ हजार ४ ६७ हेक्टर क्षेत्रफलमा धान रोपाई भइसकेको छ भने बर्दियामा ५० हजार १०० हेक्टर क्षेत्रफलमध्ये १६ हजार ४०८ हेक्टरमा क्षेत्रफलमा रोपाईँ सम्पन्न भएको छ ।

बाँकेमा धान उत्पादन हुने ३४ हजार ८५० हेक्टर क्षेत्रफल मध्य १ हजार ७४३ हेक्टर क्षेत्रफलमा रोपाई भएको छ । नवलपरासी पश्च्मिमा धान रोपाई हुने २० हजार ४८० हेक्टर क्षेत्रमध्ये १३ हजार १०७ हेक्टर क्षेत्रफलमा मात्रै रोपाई भएको कृषि विकास निर्देशनालयका कृषि अर्थ विज्ञ पौडेलले जानकारी दिए ।

लुम्बिनी प्रदेशको पहाडी जिल्लामा सबै भन्दा धेरै धान उत्पादन हुने जिल्ला गुल्मीमा ७ हजार ९८८ हेक्टर क्षेत्रफलमा धान रोपाई हुन्छ भने अहिलेसम्म १ हजार ३५८ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाईँ सकिएको छ ।

पाल्पामा यस वर्ष ८ हजार २४० हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा अहिलेसम्म ८०३ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ ।रोल्पामा ३ हजार ७२२ हेक्टर क्षेत्रफलमा रोपाइँ हुँदा अर्घाखाँचीमा २ हजार ३१० हेक्टर क्षेत्रफलमा रोपाई सकिएको निर्देशनालयले जनाएको छ ।

रोल्पामा ४ हजार ५९५ हेक्टर र अर्घाखाँचीमा ७ हजार ७०१ हेक्टर क्षेत्रफलमा धान रोपाई हुन्छ । यस्तै रुकुम पूर्वमा धान रोपाई हुने ९६२ हेक्टर क्षेत्रफल मध्य ३०८ हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %