राष्ट्रपतिद्वारा अर्थमन्त्रीमा जनार्दन शर्मा नियुक्त
बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रीमा जनार्दन शर्मालाई नियुक्त गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनले नियुक्ति गरेकी हुन् ।
राष्ट्रपति कार्यालयले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा मिति २०७८/३/२९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा श्री जनार्दन शर्मालाई मन्त्री पदमा नियुक्त गरी हाल सम्माननीय प्रधानमन्त्रीज्यूले सम्हाली आउनुभएको अर्थ मन्त्रालयको कार्यभार सम्हाल्ने गरी नियुक्ति एवं कार्यभार तोक्नु भएको छ ।’
करका दर हेरफेरमा अनधिकृत व्यक्ति सहभागी गराएकाे आराेपमा शर्मामाथि छानबिन गर्न संसदले विशेष समिति बनाएपछि २२ असारमा राजीनामा दिएका थिए । संसदीय समितिले उनलाई साे आराेपमा निर्दाेष ठहर गरेपछि उनी फेरि अर्थमन्त्री बनेका हुन् ।

लेखकको सम्वन्धमा