नेपाल कुरियर सेवा संघ रुपन्देहीको अध्यक्षमा सुरेन्द्र पाण्डे

सागर पन्थी / बुटवल । नेपाल कुरियर सेवा संघ रुपन्देहीको अध्यक्षमा सुरेन्द्र पाण्डे निर्वाचित भएका छन । नेपाल कुरियर सेवा संघ लुम्बिनी प्रदेश अध्यक्ष दिपेन्द्र अर्यालको प्रमुख आतिध्यतामा शनिबार बुटवलमा भएको अधिवेशनबाट पाण्डे अध्यक्षतामा सर्वसम्मत भएका छन।
कार्यसमितिको उपाध्यक्षमा रामकिशन प्रजापती सचिवमा भिस्मराज कोईराला , सह–सचिव तुल्सा पाण्डे , कोषाध्यक्ष मा किस्न बहादुर सिंह सदस्यहरुमा ओमश थापा, श्रीधर पोख्रेल, हिरेश भण्डारी , दिपेन्द्र अर्याल, भेष ब. थापा, कृष्ण पाण्डे, युवराज अर्याल, अरुण घर्ति, सन्जय राना, शैलेश यादव, मनोज खड्का, प्रकाश क्षेत्री लगायत रहेका छन।
त्यसैगरि प्रमुख अतिथि दिपेन्द्र अर्यालले बर्तमान अबस्थामा कुरियर सेवामा नेपालको सडक राम्रो नभएका्े कारण सेवा सुविधा सस्तो र छिटो उपलब्ध गर्न कठिनाई भएको बताए।
अब कुरियर सेवालाई अझै राम्रो र ब्यवस्थित बनाउनका लागि सम्पूर्ण कुररियर ब्यवसायी एक हुनुपर्नेमा जोड दिनुपर्ने बताए।
लेखकको सम्वन्धमा