ब्यवसायी पोखरेलले मनाय बालगृहमा जन्मदिन
Read Time:1 Minute, 11 Second
बुटवल । ब्यवसायी एव लायन्स क्लब अफ सैनामैना स्टारका अध्यक्ष शिव राज पोख्रेलले आफ्नो जन्मदिनमा बालगृहमा सहयोग गरेका छन।
बुटवलको होटल होलिडेका सञ्चालक पोखरेलले सैनामैना नगर पालिका वडा न १ को बनकट्टामा रहेको अभियान नेपाल बाल गृहमा पुगेर खाद्यान्न सहयोग गरेका हुन। बालगृहमा रहेका ८ जनालाइ २ महिनालाई पुग्ने खाद्यान्न बितरण गरिएको पोख्रेलले बताए।
आमा झबिकला पोख्रेल, श्रीमति पदमा पोख्रेल र छोराछोरी सहित पुगेका पोखरेलले जन्मदिनमा गरिने फजुल खर्चलाई रोकेर बालगृहमा सहयोग गरेको बताए।
कार्यक्रममा सैनामैना १ का जनप्रतिनिधि प्रेम भुसाल, लायन्स क्लब अफ सैनामैना मलमलाका चाटर प्रेसिडेन्ट लायन कृष्ण शर्मा ( पबन) लगायतले बोलेका थिए।

लेखकको सम्वन्धमा