बिपि कोईरालाको ४१ औं स्मृति दिवसमा काङ्ग्रेस रुपन्देहीले बृक्षारोपण गर्ने
Read Time:57 Second
बुटवल । महामानव विश्वेश्वरप्रसाद कोइरालाको ४१ औं स्मृति दिवशको पावन अवसरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीले वृक्षारोपण गर्ने भएको छ।
यहि साउन ६ गते शनिबार बिहान ८ बजे तिलोत्तमा-११,सुखौरा हरियालि सामुदायिक बन उपभोक्ता समुहको भवन स्थल,भु.पु. सैनिक पानी टंकी अगाडी बृक्षारोपण गर्ने काङ्ग्रेस रुपन्देही सभापति रामकृष्ण खाणले बताए।
उनले कार्यक्रममा पार्टीका अग्रज नेताहरू, सबै तहका पदाधिकारी सदस्यहरु, जनप्रतिनिधिहरु,भातृ तथा शुभेच्छुक संघका साथीहरू लगाएत सबैमा उपस्थितिको लागि हार्दिक अनुरोध समेत गरेका छन।

लेखकको सम्वन्धमा