प्रदेश सभा सरेपछी बुटवल उद्योग वाणिज्य संघ आफ्नै भवनमा
- प्रदीप आचार्य
- असार २५, २०८०
- 146 Shares
-
बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले आफ्नै भवनबाट सेवा प्रारम्भ गरेको छ । लुम्बिनी प्रदेश सभा सचिवालयले संघलाई भवन तथा सभाहल फिर्ता हस्तान्तरण गरेपछि बुटवल उपमहानगरपालिका वडा नं. ६ सुन्दरनगर स्थित संघको कार्यालय भवन तथा सभाहल मर्मत सम्भार पछि आफ्नै भवनबाट औपचारिक रुपमा सेवा सुरु गरिएको संघका महासचिव विमलराज भट्टराईले जानकारी दिए।
६ वर्ष अघि संघीय संरचना स्थापनासंगै बुटवल उपमहानगरपालिका वडा नं. ६ सुन्दरनगर स्थित संघको कार्यालय भवन तथा सभाहल लुम्बिनी प्रदेश सभा सञ्चालनको लागि प्रदान गरिएको थियो ।
लुम्बिनी प्रदेश सरकारले लुम्बिनीको स्थानीय राजधानी दाङको देउखरीमा राख्ने निणर्य गरेपछि गत मंसिरमा प्रदेश सभा स्थायी राजधानी दाङको देउखुरीमा सर्यो भने चैतको अन्त्यमा प्रदेश सभा सचिवालयले भवन तथा सभाहल संघलाई फिर्ता हस्तान्तरण गरेको थियो ।
प्रदेश सभा सचिवालयले भवन तथा सभाहल फिर्ता हस्तान्तरण गरेपछि संघले भवन तथा सभा हल मर्मत सम्भार गरेर आफ्नै भवनबाट सेवा सुरु गरिएको संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बताए ।
सरकारले प्रदेशको अस्थायी राजधानी बुटवल तोकेपछि यस क्षेत्रको बिकासको आशा र सरकारलाई सहयोग गर्ने गरी संघको कार्यालय भवन तथा सभाहल प्रदेश सभा सञ्चालनको लागि प्रदान गरिएको उनको भनाई छ।
प्रतिकृया दिनुहोस्
- गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक भएको निर्वाचन आयोगको निर्णय
- पूर्णबहादुरको चेतावनी– निर्वाचन आयोगले कांग्रेसलाई आन्दोलनमा जान बाध्य नपारोस्
- दाङका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा, कांग्रेस कार्यकर्तालाई रोकियो
- निर्वाचन आयोगमा नेपाली कांग्रेसको धर्ना
- देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
- विशेष महाधिवेशनले जे निर्णय गर्छ, त्यो निर्वाचन आयोगले मान्छ : गगन थापा
- फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
- गगन, विश्व र फरमुल्लाहलाई साधारण सदस्यबाटै निष्कासन गर्ने कांग्रेस निर्णयमा के लेखिएको छ ?
- गगन–विश्वलाई गरिएको कारबाही महाधिवेशनले गर्यो खारेज
-
बुटवलमा भोलिदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड
पुस २५, २०८२ -
देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
पुस ३०, २०८२ -
फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
पुस ३०, २०८२ -
गायक प्रशान्त तामाङको निधन
पुस २७, २०८२ -
कपिलवस्तुको रेस्टुरेन्टबाट ६ जुवाडे पक्राउ
पुस २८, २०८२


लेखकको सम्वन्धमा