बैनै ज्यू दाजै ज्यू’ गितले ततायो बजार (भिडियो सहित)
Read Time:58 Second
गायक अर्जुन सापकोटा र गायिका शान्तिश्री परियारको स्वर रहेको नयाँ लोकदोहोरी गीत सार्वजनिक गरिएको छ ।
शुक्रवार बेलुका सार्वजनिक ‘बैनै ज्यू दाजै ज्यू’ शीर्षकको गीतमा तेजश रेग्मीको शब्द, अर्जुनकै संगीत एवं सुदीप सागरको संगीत संयोजन छ ।
काजिश श्रेष्ठको कोरियोग्राफी एवं निर्देशनमा तयार ‘बैनै ज्यू।।।’मा सागर लम्साल ‘बले’, रुविना अधिकारीसँगै गायक सापकोटा स्वयंले पनि अभिनय गरेका छन् ।
नवराज उप्रेतीको छायाँकन, दीपक विष्टको सम्पादन रहेको गीत ‘सुशील ज्ञवाली’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
भिडियो हेर्नुहोस्

लेखकको सम्वन्धमा