बुटवलमा पूर्वाधार निर्माणको तिब्र गति

बुटवलमा पूर्वाधार निर्माणको तिब्र गति
0 0
Read Time:11 Minute, 40 Second

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले पछिल्लो समय भौतिक पूर्वाधार विकासमा चासो ब्यक्त गर्दै आफ्‌नो सक्रियता बढाउँदै गतिविधिहरुलाई चलायमान बनाउन थालेको छ ।
पछिल्ला वर्षहरुमा भौतिक पूर्वाधार निर्माण तथा बिभिन्न योजनाहरुमार्फतको विकासक्रमलाई अगाडी बढाउँदै जान थालेको छ । स्मार्ट शहरको अवधारणातर्फ पाइला चाल्दै बुटलले सडक, स्वास्थ्य, पार्क, सार्वजनिक सुरक्षालगायत विविध पूर्वाधार योजनामा उल्लेखनीय प्रगति गरेको छ।

योजनाहरूको कार्यान्वयनमा पारदर्शिता, समावेशिता र परिणाममुखी दृष्टिकोण अपनाइएकाले बुटवललाई अबको दशकमा ‘मोडल सिटी’को रुपमा चिनाउने संकेत देखिन थालेको छ।बुटवलमा २०७९ सालमा भएको स्थानीय निर्वाचनबाट नयाँ जनप्रतिनिधिहरुले बुटवलमा बिकासको गतिलाई तिब्रता दिँदै बिभिन्न योजनाहरु सञ्चालन गर्दै आएका छन् । बुटवलमा गौशाला निर्माण देखी बिभिन्न क्षेत्रका भित्री सडकहरुको व्यवस्थापनले बुटवल भौतिक पूर्वाधारमा अगाडी पुगेको प्रष्ठ देख्न सकिन्छ ।

बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलले बिभिन्न किसिमका योजनाहरुबाट पूर्वाधार विकास संगै बुटवललाई बस्न योग्य सहरको रुपमा बिकास गरिरहेको दाबी गर्छन् । उनले बुटवलमा सञ्चालित नन्दिनी गौशालाले सडकको गाई अब सुरक्षित संरक्षण गरिएको बताउँदै ‘उज्यालो बुटवल’ कार्यक्रमले सडकहरूमा स्मार्ट प्रकाश प्रदान गरिरहेको बताए । उनले उज्यालो बुटवलले व्यवसायी तथा आम सर्वसाधारणलाई समेत उज्यालो हुँदा शुरक्षाको रुपमा समेत उत्कृष्ठ कार्य भएको दाबी गर्छन् ।

उनले भने,‘ अहिले उज्यालो बुटवलको अभियान हामीले सञ्चालन गरेका छोँ । यसले व्यवसायी तथा सर्वसाधरणलाई उज्यालोका प्रदान त गरेकै छ, यसले शुरक्षाको समेत प्रत्याभूति बनाएको छ । ’

उनले बुटवललाई शुरक्षामा जोड्नको लागि १ सय भन्दा धेरै स्थानमा सिसि क्यामेरा जडान गरेर शुरक्षा जाँच हुँदै आएको बताए । उनले बुटवलले सडक सौन्दर्यीकरण र हरियाली बनाउने योजना अन्तरगत सरसफाई तथा बृक्षारोपण लगायतका कार्यहरु गर्दै आएको बताए ।

लुम्बिनी बसपार्क परिसरमा स्नानगृहसहित शौचालय निर्माण भएको जानकारी गराउँदै उनले तामनगर दानव पुलदेखि हिरापुरसम्म नाली–फुटपाथसहित स्तरोन्नति समेत गरिएको जानकारी दिए । उनले वडास्तरीय १५ बेड क्षमताका २ अस्पताल बन्दै गरेको बताउँदै बी.पी., पुष्पलाल, सूर्यप्रसाद स्मृति पार्क निर्माण समेत भएको जानकारी दिए ।

‘उज्यालो बुटवल’ कार्यक्रमः सडकहरूमा स्मार्ट प्रकाश
बुटवलको गल्लीदेखि मुख्य सडकसम्म उज्यालो ल्याउने लक्ष्यसहित ‘उज्यालो बुटवल’ कार्यक्रम अन्तर्गत ४९ वटा हाइमास्ट लाइट जडान गरिएको छ । प्रमुख चोक र भित्री सडकमा स्मार्ट स्ट्रिट लाइट, र मुख्य राजमार्ग क्षेत्रमा ट्राफिक लाइट को व्यवस्था गरिएको हो । यसले दुर्घटनामा कमी, महिला तथा बालबालिकाको सुरक्षामा वृद्धि र रातको आर्थिक गतिविधिमा सकारात्मक असर पारेको उपमहानगरको दाबी छ ।

“लाइटले सुरक्षा मात्र होइन, व्यापार र आवागमनको सहजता पनि ल्याएको छ। यसमा नागरिकको अत्यधिक सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ।” , नगरप्रमुख पाण्डेय भन्छन्,‘ अहिले उज्यालो बुटवलको अभियान हामीले सञ्चालन गरेका छोँ । यसले व्यवसायी तथा सर्वसाधरणलाई उज्यालोका प्रदान त गरेकै छ, यसले शुरक्षाको समेत प्रत्याभूति बनाएको छ । ’

नन्दिनी गौशालाः सडकको गाई अब सुरक्षित संरक्षणमा
बुटवल–७ शिवनगरमा तिलोत्तमा खस्यौली बहुउद्देश्यीय धार्मिक पर्यटकीय गौशाला ‘नन्दिनी’ निर्माण र सञ्चालनमा छ । सडकमा बेवारिसे अवस्थाका करिब ५ सय गाईगोरुलाई गौशालामा स्थानान्तरण गरिसकिएको उपमहानगरले जनाएको छ । धार्मिक पर्यटन प्रवद्र्धनसँगै सडक सुरक्षामा पनि उल्लेखनीय सुधार आएको उपमहानगरको दाबी छ ।

नगर प्रमुख खेलराज पाण्डेय भन्छन्,“गौशाला बुटवलको आस्थाको प्रतीक हो, तर यसले ट्राफिक व्यवस्थापन र सडक स्वच्छतामा पनि ठुलो योगदान दिएको छ। अहिले सडक गाईमुक्त हुनु हाम्रो योजना सफल भएको संकेत हो।”

सडक सौन्दर्यीकरण र हरियालीः अबको बुटवल, हराभरा र आकर्षक
नगरको मुख्य राजमार्गको डिभाइडरमा तारवार, ३१०० भन्दा बढी फूलविरुवा वृक्षारोपण र संरक्षण कार्य गरिएको बुटवल उपमहानगरपालिकाका सूचना अधिकारी ठगिश्वर पोखरेलले जानकारी दिए । उनले झिलीमिली प्रकाश व्यवस्थासहित क्षेत्रलाई दृश्यात्मक रूपमा आधुनिक बनाइएको पोखरेलले जानकारी दिए । उनले उपमहानगरले तालिका नै बनाएर सडक छेउमा नियमित सरसफाइ कार्यक्रम सञ्चालन गर्ने गरेको बताउँदै यस्ता कार्यले बुटवललाई सफा राख्ने गरेको दाबी गरे ।

स्वास्थ्य पूर्वाधारमा लगानीः वडास्तरीय अस्पताल सञ्चालनको तयारीमा
बुटवलले स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा ध्यान दिँदै सेवा प्रभावकारी बनाउँदै लगेको छ । वडा नं. १३ र १७ मा १५ शैय्याको अक्सिजनसहितको स्वास्थ्य संस्था निर्माण सम्पन्न भइसकेको छ। अहिले भौतिक संरचना निर्माण सकिएको र उपकरण जडानको अन्तिम चरणमा रहेको बुटवल उपमहानगरपालिकका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जानकारी दिए ।
उनले भने,“स्वास्थ्य अब नागरिकको पहिलो पहुँचमा पुग्नुपर्छ भन्ने सोचसहित हामीले स्वास्थ्य पूर्वाधारलाई बजेटमा अग्रता दिएका छौं। वडास्तरीय अस्पताल सञ्चालनमा आएपछि जनतालाई झनै राहत मिल्नेछ।”

सडक, शिक्षा र पहुँच पूर्वाधारः वडागत कार्यहरूको सिंहावलोकन
बुटवलले मूख्य रुपमा अहिले वडा अनुसारका बिभिन्न कार्यहरु गरिरहेको छ। केही कार्यहरु अन्तीम चरणमा रहेका छन् भने केहीको काम जारी रहेको छ । बुटवल ९ मा लुम्बिनी बसपार्क परिसरमा स्नानगृहसहित शौचालय निर्माण गरि सञ्चालनमा ल्याएको छ । यहाँ निशुल्क वाईफाईको प्रवन्ध समेत उपमहानगरले गरेको छ ।

यस्तै बुटवल ८ मिलनचोकदेखी पूर्व जाने त्रिभुवन पथ नाली–फुटपाथ–कालोपत्रे, हेभी इक्विपमेन्ट क्षेत्र सडक विस्तारको काम भईरहेको छ । हेभी इक्विपमेन्ट रहेको कार्यालयको वाल भत्काएर सडकको क्षेत्र मापन गरेर बिस्तारको काम भईरहेको बुटवल ८ का अध्यक्ष यज्ञ प्रसाद पंगेनीले बताए ।

बुटवल ६ अन्तरगत दुर्गा मन्दिर पथमा नाली र सडक मर्मत कार्य अन्तिम चरणमा रहेका छन् ।बुटवल १३ अन्तरगत स्वास्थ्य केन्द्र, मेडिकल फोहोर कक्ष, कम्पाउन्ड वाल, विभिन्न टोलमा कालोपत्रेको काम भएको छ भने बुटवल१५मा तामनगर दानव पुलदेखि हिरापुरसम्म नाली–फुटपाथसहित स्तरोन्नतिकाम समेत भएको छ । यस्तै बुटवल ११मा बी.पी., पुष्पलाल, सूर्यप्रसाद स्मृति पार्क निर्माण गर्ने योजना प्रक्रियाकमै रहेका छन् ।

यसबाहेक नगरले देविनगर, बुद्धनगर, बेलबास क्षेत्रमा सडक स्तरोन्नति, रंगशाला मार्ग निर्माण, विद्यालय पूर्वाधार निर्माण, र ट्रान्सपोर्ट भिलेज मा पहुँच मार्ग मर्मतजस्ता कामहरू सम्पन्न गरेको छ।जितगढी किल्ला परिसरमा क्यान्टिन र स्टेज कभरेज सहित ऐतिहासिक सम्पदा संरक्षणको पहल पनि नगरले थालेको छ।


फेरिएको महसुश हुँदैछ : स्थानीय
योजनाहरूको प्रभाव प्रत्यक्ष महसुस गर्न थालेका बुटवलवासी उत्साहित छन्। वडा–१३ की कल्पना आचार्य आफ्‌ने वडामा अस्पताल बनेर सञ्चालनको प्रक्रियामा पुग्दा खुसि लागेको बताउँछीन् । उनले उपचारको लागि बाहिर जानुपर्ने अवस्था अन्त्य भएको बताउँछीन् । उनले भनिन्,“अब स्वास्थ्य उपचारका लागि सहर बाहिर जानु पर्दैन । अस्पताल निर्माणले हामीजस्ता आम नागरिकलाई ठूलो राहत दिनेछ।”

वडा–८ का युवा व्यवसायी गीता न्यौपानेले सडक सुधार हुँदा र अव्यवस्थीत रहेका तारहरुलाई व्यवस्थीत गर्दा सहज बनेको बताइन् । उनले यसले ग्राहक बढ्ने तथा सहज ढुवानी भईरहेको बताईन् । उनले भनिन्, “सडक सुधारपछि व्यापार चल्ने बाटो सहज भएको छ। ग्राहक आउन थाले, धुलो र हिलो हटेपछि वातावरण राम्रो भएको छ।”

वडा–४ की सीता गिरीले अफिसबाट घर फर्किँदा ढिला हुँदा पहिले सम्म डर लाग्ने गरेको बताउँदै अहिले लाईटको कारणले डर नलाग्ने सुनाईन् । उनले भनिन्‌्,“स्मार्ट लाइटले महिला हिंसाका घटना घटेका छन्। रातको समयमा पनि आत्मबलका साथ हिंड्न सकिन्छ अब।”

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %