पत्रकार महिलालाई जोड्दै र पारिश्रमिक ब्यवस्थापनमा सञ्चारिकाको ध्यान : केन्द्रिय अध्यक्ष पन्थी

पत्रकार महिलालाई जोड्दै र पारिश्रमिक ब्यवस्थापनमा सञ्चारिकाको ध्यान : केन्द्रिय अध्यक्ष पन्थी
0 0
Read Time:2 Minute, 32 Second

बुटवल । सञ्चारीका समुह नेपालका केन्द्रिय नवनिर्वाचित अध्यक्ष कमला पन्थीले पत्रकार महिलाहरुलाई संगठित गर्दै ब्यवसायीकतामा सहयोग गर्ने सिद्धान्त अनुसार सञ्चारिकाले काम गरिरहेको बताएकी छ्न।

निर्वाचित भएपछि पहिलो पटक रुपन्देही आएकी अध्यक्ष पन्थीले सञ्चारीका समुहले पत्रकार महिलाहरुको काम तथा पारिश्रमिकको सबालमा कार्य गरिरहेको वताईन।

उनले रुपन्देही जिल्ला कार्यसमितिसंगको छलफलमा पत्रकार महिलालाई समस्या पर्दा सबैभन्दा पहिले उभिने प्रतिबद्धता व्यक्त गरिन।
उनले पत्रकार महिलाका साथै सञ्चार माध्यममा कार्यरत महिला कर्मचारीहरुलाइ समेत समेटेर जानू अबको आवश्यकता रहेको समेत बताईन।

केन्द्रिय सदस्य कल्पना शर्माले काठमाडौ बाहिर पत्रकार महिला सकृय रहेको जिल्लामा रुपन्देही अगाडि रहेको बताईन।

केन्द्रिय समिती कार्यक्रम संयोजक अञ्जु बरालले पत्रकार महिलाको हक हितमा रहेको काम गर्ने सस्था सञ्चारीका समूहको गरिमा बचाईराख्न जरुरी रहेको बताईन।

रुपन्देही शाखा अध्यक्ष मिना ढकालले केन्द्रिय समितिलाई स्वागत गर्दै जिल्लाका मुद्दामा ध्यान दिन आग्रह गर्दै निरन्तर सम्बादको अवस्था सिर्नजा गर्न आग्रह गरिन।

रुपन्देही उपाध्यक्ष अस्मिना पाण्डेयले जिल्ला र केन्द्रका बिचका सहकार्य समन्वय आवश्यक रहेको बताईन।

रुपन्देही सचिव पूजा पन्थीले जिल्ला अन्तरगत भएका पछिल्ला कार्यक्रम तथा गतिबिधिको बारेमा बताउदै केन्द्रले फेलोसिपका कार्यक्रम ल्याउन आग्रह गरिन।

सो अवसरमा रुपन्देही कोषाध्यक्ष अम्बिका परियार, कार्यक्रम संयोजक कल्पना डुम्रे, कार्यसमिति सदस्यहरु सुनिता चुदाली र कल्पना घिमिरेको सहभागीता रहेको थियो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %