दाङको राजपुर गाउँपालिकाबाट एसइईमा एक जना उत्तीर्ण
- लुम्बिनी प्रेस संवाददाता
- असार १५, २०८१
- 125 Shares
-
वुटवल। दाङको राजपुर गाउँपालिकाबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) मा एक जना मात्रै विद्यार्थी उत्तीर्ण भएका छन् । पालिकाभित्र रहेका आठ माध्यमिक विद्यालयका दुई सय ५० जना विद्यार्थीले एसइई परीक्षा दिएकोमा एक जना मात्रै उत्तीर्ण भएका छन् ।
राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपतिदेवी यादवका साधारण नमूना माध्यमिक विद्यालय गङ्गदीबाट गेहेन्द्र यादव मात्रै उत्तीर्ण भएका छन् । उहाँले ‘वि प्लस’ ग्रेड ल्याएका छन् । सोही विद्यालयबाट ८५ जना परीक्षामा सहभागी भएका थिए । सोही पालिकाबाट जनज्योति माध्यमिक विद्यालय बेलाबाट ५६, शङ्कर मावि खरदरियाबाट ४५, माध्यमिक विद्यालय दुलैयाबाट नौ, बालकल्याण मावि खंग्रानाकाबाट १० जनाले एसइई परीक्षा सहभागी भएका थिए ।
माध्यमिक विद्यालय सिक्टाबाट ३०, गौरीशङ्कर मावि भैसाहीनाकाबाट नौ जना, शिवशक्ति मावि भौवानाकाबाट छ जनाले एसइई दिएका थिए । यी सबै विद्यालयबाट शून्य नतिजा आएको छ । शिक्षामा लगानी गरे पनि त्यो अनुसारको नतिजा नआउँदा आफू दुःखी भएको पालिकाका उपाध्यक्ष यादवले बताउनुभयो । “हामीले शिक्षामा धेरै लगानी गर्यौँ”, उहाँले भन्नुभयो “तर, लगानी अनुसारको नतिजा दिन सकेनौँ ।” आठ वटै विद्यालय सामुदायिक हुन् । तीन सय ५० विद्यार्थीले परीक्षा दिएकोमा बङ्गलाचुली गाउँपालिकाबाट १३ जना मात्रै उत्तीर्ण भएका छन् । रासस
प्रतिकृया दिनुहोस्
- प्रतिनिधिसभा निर्वाचन : लुम्बिनी प्रदेशमा ५६ जना महिलाको उम्मेदवारी, रोल्पामा छैनन्
- पाल्पाबाट सात स्वतन्त्रसहित ३० जनाको उम्मेदवारी दर्ता
- बाँकेका तीन क्षेत्रबाट ६० उम्मेदवार चुनावी मैदानमा
- दिपकुमार उपाध्याका छाेरा आशिष शर्माद्वारा कपिलवस्तु–१ बाट स्वतन्त्र उम्मेदवारी दर्ता
- रुपन्देही २ मा रास्वपाका शुलभ खरेलको उमेदवारी दर्ता
- रूपन्देही–३ मा नेकपा एमालेका घिमिरेको मनोनयन दर्ता
- नेकपाबाट टिकट नपाएपछि पूर्वमुख्यमन्त्री केसीले दिए स्वतन्त्र उमेदवारी
- पाँचौँपटक चुनाव जित्ने योजनासहित एमाले उपाध्यक्ष विष्णु पौडेलले गरे उमेदवारी दर्ता
- दाङ-१ मा कांग्रेसका सह-महामन्त्री चाैधरीकाे मनाेनयन दर्ता
- रुपन्देही २ मा कांग्रेसबाट चुन्नप्रसादले गराए मनोनयन दर्ता
-
देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
पुस ३०, २०८२ -
फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
पुस ३०, २०८२ -
रुपन्देही २ मा पाण्डेले गरे मनाेनयन दर्ता
माघ ६, २०८२


लेखकको सम्वन्धमा