पहिरोमा पुरिएर गुल्मीमा एकै परिवारका पाँच जनाको मृत्यु
- लुम्बिनी प्रेस संवाददाता
- असार १५, २०८१
- 52 Shares
-

वुटवल। गुल्मीमा पहिरोले घर पुरिँदा एकै घरका पाँच जनाको मृत्यु भएको छ।
शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण मालिका गाउँपालिका वडा नम्बर ६ अर्जैका भेषबहादुर कामीको घरमा पहिरो खस्दा दुई तले जस्ताले छाएको घर पुरिएको र घरमा रहेका पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
पहिरोमा परी अन्दाजी ५५ वर्षीय भेषबहादुर कामी, निजकी ४८ वर्षीया श्रीमती सुन्तली कामी, २६ वर्षीया बुहारी सीता विक, ८ वर्षीया नातिनी सपना विक र ८ महिनाकी नातिनी बिपना विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सुर्यभान चौधरीले जानकारी दिनुभयो।
पाँचै जना पहिरोमा पुरिएको र उनीहरूलाई स्थानीयसहित सुरक्षा निकायको टोलीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो। घटनाको विस्तृत विवरण आउन बाँकी छ।
प्रतिकृया दिनुहोस्
- जबरजस्ती करणी मुद्दामा पीडितको गोपिनियता भंग गरेको आरोपमा शुद्धोधन गापा अध्यक्ष चौधरी पक्राउ
- प्रचारप्रसारको अभावमा ओझेलमा अनौठो कुवा
- समृद्धी सैलुन एकेडेमीका ३६६ प्रक्षिक्षार्थी दीक्षित
- समृद्धिकाे नयाँ घाेषणा : उत्कृष्ठ कर्मचारीलाइ १ लाख राशीकाे पुरस्कार, याे वर्ष देवा ठाकुरलाइ
- समृद्धिलाई आईएसओ चिन्ह प्रदान
- प्रवन्ध सम्पादक पन्थी सहित चार जना सम्मानित
- लुम्बिनीको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत, भौतिक पूर्वाधार, सुशासन र कृषि प्रमुख प्राथमिकतामा
- समृद्धिको आफ्नै ब्राण्ड लुभिस्टिनो प्रोफेसनल लञ्च
- लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत दोस्रो बैठक आज दिउँसो १ बजे बस्दै
- लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
-
प्रवन्ध सम्पादक पन्थी सहित चार जना सम्मानित
जेष्ठ ६, २०८२ -
समृद्धिको आफ्नै ब्राण्ड लुभिस्टिनो प्रोफेसनल लञ्च
जेष्ठ ६, २०८२ -
समृद्धी सैलुन एकेडेमीका ३६६ प्रक्षिक्षार्थी दीक्षित
जेष्ठ ६, २०८२ -
समृद्धिलाई आईएसओ चिन्ह प्रदान
जेष्ठ ६, २०८२ -
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
जेष्ठ १, २०८२
लेखकको सम्वन्धमा