देशभरका तीन सय बढि ईनरह्विल रुपन्देहीमा, शनिबार पदस्थापन

बुटवल। महिलाहरू मात्रै सदस्य रहेकाे ईनरह्विल क्लव डिष्टिक ३५० का नेपालका सदस्यहरु रुपन्देहीमा जम्मा भएका छन् ।
रुपन्देहीकाे मणिग्राममा आयाेजना हुन लागेकाे डिष्ट्रिक कन्फ्रेन्सकाे लागि ४१ वटा क्लवका २०० बढि क्लवका अध्यक्ष , पदाधिकारी तथा प्रतिनिधि सदस्य जम्मा भएका हुन ।
शनिवार हुने डिष्ट्रक कनफ्रेन्समा नयाँ नेतृत्व हस्तान्तरण समेत हुने भएकाे छ ।
शुक्रबार आयाेजित पत्रकार सम्मेलनमा डिष्टिक्ट २३/०३४ का अध्यक्ष टुना थापाले आगामि बर्ष २०२४/२५ का लागि अध्यक्ष आशा श्रेष्ठलाई पद हस्तान्तरण गर्ने जानकारी दिईन ।
क्लवका अध्यक्ष थापाले एक बर्षमा ४१ वटा क्लवले महिला शशक्तिकरण, छात्रवृत्ति बितरण, लगायत स्वास्थ तथा बाताबरण क्षेत्रमा काम गरेकाे जानकारी दिईन् ।
उनका अनुसार एउटा क्लवले बर्षमा ५०० भन्दा बढि लाई छात्रवृत्ति प्रदान गरिएकाे जानकारी दिईन् ।
डिष्टिक नेशनल रिपिन्टेटिभ बर्ष २०२३/२४ का कमला महर्जनले बर्ष २०२४/२५ का लागि अध्यक्ष समिरा श्रेष्ठ ध्वजुलाई प्रदान गर्ने कार्यक्रम रहेकाे छ ।
शनिबार क्लवकाे पदस्थापना कार्यक्रम रहेकाे छ ।
लेखकको सम्वन्धमा