सरकारको आयु ४ दिन मात्र छ : उपेन्द्र यादव

Read Time:1 Minute, 14 Second
कपिलवस्तु । जनता समाजबादी पार्टी नेपालको अध्यक्ष उपेन्द्र यादवले
सरकारको आयु ४ दिन मात्रै रहेको बताएका छन।
कपिलवस्तु तौलिहवामा आयोजित अगुवा कार्याकर्ता भेटघाटमा यादबले गठबन्धन भित्र धेरै बिबाद रहेकोले आयु अब ४ दिन मात्रै रहेको दाबी गरे।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्बो पार्टी फुटाईदिएको आरोप समेत लगाए। उनले अहिलेको सरकार समाजबादी पार्टीसँग बैईमान गरेको आरोप लगाउदै केपी ओलीसँग पनि बैइमानी गर्न सुरु गरेको आरोप लगाए।
उनले अहिले बजेट प्रधानमन्त्री प्रचण्डले कसैको राय सुझाब बिना ल्याएको आरोप लगाए। उनले अहिलेको बजेट माओवादीको मात्रै रहेको आरोप लगाउदै यो बजेटबाट कृषि तथा उद्योगमा बिकास नभई बिनास हुने, गरिबी बढ्ने बताए ।
उनले २ प्रतिशत मान्छे पनि अर्को पार्टिमा नगएको दाबी गरे।
लेखकको सम्वन्धमा