बुटवल उपमहानगरपालिकाको प्रवक्तामा शिव राना

बुटवल उपमहानगरपालिकाको प्रवक्तामा शिव राना
0 0
Read Time:56 Second

बुटवल । बुटवल उपमहानगरपालिकाको प्रवक्तामा शिव राना तोकिएका छन् ।
बुटवल उपमहानगरपालिका कार्यपालिकाको सोमबार बसेको बैठकले वडा नं १५ का अध्यक्ष शिव रानालाई प्रवक्ता तोक्ने निर्णय गरेको हो ।
बैठकले वडास्तरमा सञ्चालित योजनाहरू असार १५ भित्रै सम्पन्न गर्न निर्देशन दिदै म्याद थप नगर्ने निर्णय गरेको प्रवक्ता शिव रानाले जानकारी दिए ।
उनका अनुसार बैठकले विषयगत समितिहरूलाई पूर्णता दिएको छ । यस्तै मुद्दा मामिलाको पुर्पक्षका लागि प्रमुख प्रशासकीय अधिकृतलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको प्रवक्ता रानाले बताए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %