शुद्धोधन जेसिजद्वारा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

शुद्धोधन जेसिजद्वारा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
0 0
Read Time:2 Minute, 17 Second

शुद्धोधन । शुद्धोधन जेसिजको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । कार्य सम्पादनबाट नै युवाको बिकास भन्ने बर्ष २०२२ का अध्यक्ष प्रकरणमा बक्तृत्वकला सम्पन्न भएको हो।
शुद्धोधन जेसिजले जेठ २४ गते देखि ३१गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरि जेसिज सप्ताह गर्ने निर्णय गरे अनुसार दोस्रो कार्यक्रमको रुपमा बक्तृत्वकला सम्पन्न गरेको हो । शुद्धोधन गाउँपालीकाका सामुदायिक तथा संस्थागत बिद्धालयका १० जना बिद्यार्थी सहभागी रहेको कार्यक्रमबाट उत्कृष्ट ४ बिद्यार्थीका रुपमा ड्रिम भिजन स्कुल अफ फर्साटिकरका स्प्रिहा सुबेदी , फर्साटिकर मावि का लक्ष्मी खनाल, ड्रिम भिजन स्कुल अफ फर्साटिकरका स्वप्नील डुम्रे , तिलोत्तमा अंग्रेजी माविका इच्छा सुवेदी छानीएका छन ।
शुद्धोधन जेसिज बर्ष २०२२ अध्यक्ष मुकेश कुँवरको अध्यक्षता , पुर्व अध्यक्ष चुडामणी डुम्रे , निवर्तमान अध्यक्ष रामजी पौड्याल , मुल कार्यक्रम संयोजक रमेश गौतम को आतिथ्यतामा सम्पन्न बक्तृत्वकला प्रतियोगितामा निर्णायकको रुपमा शान्ति नमुना मावि का शिक्षक उमेश सापकोटा , नेपाल जेसिज बर्ष २०२२ काउन्सिलर एकेडेमी डाईरेक्टर राजिब गौतम, नेपाल जेसिज प्रशिक्षक रमेश अर्याल रहनुभएको थियो । जेसिजले उत्कृष्ट ४ मध्यबाट पहिलो दोस्रो तेस्रो र सान्त्वना छनौटका लागि ३१ गते समापनको दिनमा पुनः प्रतिस्पर्धा गराउने जानकारी कार्यक्रम संयोजक रुपा पराजुली डुम्रेले गराउनु भयो।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %