कचलको एक निमाबिलाई लियो बुटवल स्टार्सको सहयोग

कचलको एक निमाबिलाई लियो बुटवल स्टार्सको सहयोग
0 0
Read Time:1 Minute, 41 Second

बुटवल। लियो क्लब अफ बुटवल स्टार्सले पाल्पा कचनको एक विद्यालयलाई शैक्षिक, खेलकूद तथा प्राथमिक उपचार सामाग्री वितरण गरेको छ। क्लबले तिनाउ गाउपालिका वाड न १, कचलस्थित श्री देवेश्वरी निम्न माध्यमिक बिद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई ५५ हजार रुपैया बराबरका सामग्री हस्तान्तरण गरिएको हो। एक समारोहका बिच तिनाउ गाउपालिका वडा नं १ का वडा सदस्य रुपा बि.क, विद्यालयका प्रधानाध्यापक कुल बहादुर गाहालाई क्लबका संस्थापक अध्यक्ष एमजेएफ लियो धनन्जय बर्नवाल, सभापति लियो बिनोद कुमार जयसवाल, कार्यक्रम संयोजक लियो गोबिन्द बिकले सामग्री हस्तान्तरण गरेका थिए।
क्लबले सामाजिक उत्तरदायित्व अन्तरगत वार्षिक कार्ययोजना बनाएर विभिन्न कार्यक्रम गर्दै आएको सभापति लियो बिनोद कुमार जयसवालले बताए। बुटवल बजारदेखि नजिकका ग्रामिण समुदायलाई आफुहरुले सहयोग गर्दै आएको उनले बताए।
क्लबका संस्थापक अध्यक्ष एम जे अफ लियो धनन्जय बर्नवालले सामाजिक रुपान्तरण युवाहरुको अगुवाईमा जरुरी रहेको बताए।
सो निमाबिमा ५१ जना विद्यार्थीहरु अध्ययनरत छन।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %