मिस डायमन्ड नेपालको तेस्रो सिजनको फाईनल जेठ २८ गते हुने,आजदेखी फाईनलिस्टलाई तालिम
बुटवल । मिस डायमन्ड नेपालको तेस्रो सिजनको फाईनल जेठ २८ गते हुने भएको छ। साहासी कदम नेपालको आयोजनामा २०१८ बाट शुरु भएको मिस डायमन्ड नेपालको तेस्रो सिजनको फाईनल जेठ २८ गते हुने पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको हो।
शनिबार भएको पत्रकार सम्मेलनमा बोल्दै साहासी कदम नेपालकी अध्यक्ष आनिक रानाले देशभरबाट यौनिक तथा लैङगिक समुदायका ब्यक्तिहरुको सहभागितामा हुने कार्यक्रमले सहभागीहरुको जीवन परिवर्तनको लक्ष्य लिएर शुरु गरिएको बताईन।
१९ जनाको अडिसनबाट १५ जना फाइनलिस्टहरुलाई तालिम प्रदान शुरु गरिने बताइन। उनले तालिममा विभिन्न राउण्डहरु हुने बताउदै तालिमले सहभागिहरुको क्षमता अभिबृद्धी हुने बताईन।
उनले परिवारले स्विकार नगरेका बालबालिकालाई सहभागी गराएर नयाजिवन जीवन उप्रेरित बनाउन कार्यक्रम गर्ने गरेको बताईन।
उनले केन्द्र सरकारले यौनिक तथा लैङगिक अल्पसंख्यक समुदायकाको लागि बजेट छुट्टाउनु निकै राम्रो पक्ष भएको बताउदै बुटवल उपमहानगरपालिका, तिलोत्तमा र देबदह नगरपालिकाको सहयोगमा तेस्रो सिजन सञ्चालन गरिएको बताईन। बिजेताहरुले सामाजिक क्षेत्रमा काम गर्ने उनले जानकारी दिइन।
कार्यक्रममा बोल्दै गायिका देबिका बन्दनाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले यस्ता उत्कृष्ट कार्यक्रम गर्नु सराहनीय रहेको बताईन। उनले यी कार्यक्रमले यो समुदायका ब्यक्तिहरुको जीवन सुधार्न निकै महत्त्वपूर्ण हुने बताईन।
सन २०१८ मा भएको पहिलो सिजनमा रेशम न्यौपाने बिजयी भएका थिए भने दोस्रो सिजन सरोज न्यौपानेले जितेकी थिइन।
प्रतियोगितामा बिजेता मिस डायमन्ड सहित अन्य ४ वटा क्याटोगरीमा पुरस्कार बितरण गरिने छ। मिस डायमन्डलाई नगद २० हजार, मिस एम्बेस्डरलाई १५ हजार,मिस क्रीस्टललाई १० हजार,मिस रेन्बोलाई १० हजार र मिस डिबालाई ५ हजार नगद पुरस्कार प्रदान गरिने छ।
कार्यक्रममा ब्युटिसियन रेखा थापा, साहासी कदम नेपालका सह सचिव अनु अनमोल क्षेत्री लगायतले बोलेका थिए।कार्यक्रममा पुर्व बिजेता तथा क्याटोगरी बिजेताले कार्यक्रमले पारेको प्रभावको बारेमा बोलेका थिए।
कार्यक्रममा प्रतियोगिताको पहिलो टिकट अध्यक्ष रानाले गायिका बन्दनालाई प्रदान गरेकी थिइन।प्रतियोगिताको फाईनलमा प्रवेशको लागि २ सय रुपैयाँको टिकट रहेको आयोजकले जनाएको छ।

लेखकको सम्वन्धमा