लायन्स बुटवल खस्यौलीको १२ औं चार्टर नाईट

लायन्स बुटवल खस्यौलीको १२ औं चार्टर नाईट
0 0
Read Time:3 Minute, 12 Second

बुटवल । लायन्स क्लब अफ बुटवल खस्यौलीको १२ चार्टर नाईट सम्पन्न भएको छ। सामाजिक कार्यमा अग्रसर युवाहरुको नमुना क्लबको एक समारोहका बिच बुटवल उपमहानगरपालिका नगरप्रमुख खेलराज पाण्डेले बुटवल माबि कक्षा २ मा अध्ययरत महिमा चौहानलाई भविष्य बोक्ने झोला हस्तान्तरण गर्दै समुद्घाटन गरे। नगरप्रमुख पाण्डेले नगरभित्र रहेका सामाजिक कार्यमा अग्रसर क्लबहरुलाई एकीकृत योजना बनाएर काम गर्न आग्रह गरे।
वर्ष २०२१/२०२२ का अध्यक्ष विष्णु प्रसाद उपाध्यायले युवाहरुलाई एकतावद्घ गराएर समुदाय बुझ्ने र बुझाउने प्लेटफर्मका रुपमा क्लब रहेको बताए। युवाहरु बिच थोरैथोरै सहयोग जुटाएर सामाजिक कार्यमा अग्रसर गर्न आफू सफल भएको उनले बताए। आफ्नो कार्यकालमा फरक क्षमता भएका ब्यक्तिहरुलाई न्यानो कपडा वितरण, खाद्यान्न वितरण, विभिन्न दिवसमा सचेतनामुलक कार्यक्रम, निशुल्क स्वस्थ्य परिक्षण, मास्क बैक, शैक्षिक सामग्री वितरण लगायतका कार्यहरु गर्न सफल भएको उनले बताए।
कार्यक्रममा संस्थापक अध्यक्ष मुक्ति प्रसाद श्रेष्ठले स्थापना समयको स्मरण गर्दै युवाहरुको साथ र सहयोगबाट धेरै रचनात्मक कार्यहरु गर्न सफल भएको बताए। क्लबको गरिमा बढाउने गरि नया पुस्ताबाट धेरै राम्रा काम भएको उनले बताए।
लायन्स ३२५ पि का सेकेण्ड भिडिजी पुरुषोत्तम प्रधानाङ, लायन्स ३२५ बि २ का पुर्व डिस्ट्रिक गर्भनर महेन्द्र नारायण श्रेष्ठ, लायन्स डिष्ट्रिक ३२५ पि का सन्दिप कसौधन, बाबुराम बोहरा, संस्थापक सहसचिव गोपाल पाण्डे, ज्ञानु पुन, जाकिर हुसैन, रिजन चेयरपर्सन बिनोद सुवेदी, रिजन चेयरपर्सन दिलिप भट्टराई, पुर्वअध्यक्ष राजु पौडेल, क्लबका ईलेक्ट प्रेसिडेन्ट महेश श्रेष्ठ, कार्यक्रम संय‍ोजक कमल देवकोटा, सचिव विकास गौतमले अन्य क्लबहरुभन्दा फरक पहिचान बनाउदै उदाहरणीय काममा अग्रसर भएको बताए।
कार्यक्रममा क्लब गठन गरि सागठनिक विकासमा योगदान दिएका चार्टर पदाधिकारी, सदस्य तथा विभिन्न कार्यक्रमका संयोजकहरुलाई सम्मान गरिएको थियो। यसै आर्थिक वर्षमा सियारी गाउपालिकामा ७० जना विद्यार्थीहरुलाई झोला बितरण गरिएको थियो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %