स्वास्थ्य संबन्धी नितिगत व्यवस्था, संभावना, आवश्यकता र चुनौति विषयक निति संवाद कार्यक्रम सम्पन्न

बुटवल । नेपालमा स्वास्थ्य संबन्धी नितिगत व्यवस्था, संभावना, आवश्यकता र चुनौति विषयक निति संवाद कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल कानुन समाज नागरिक संवाद केन्द्र बुटवलको सहयोग तथा रुरु गाउँपालिकाको आयोजनामा गुल्मीमा कार्यक्रम सम्पन्न भएको हो । स्वास्थ्य क्षेत्रमा देखिएका समस्या पहिचान गरि तीन तहका सरकारलाई सुझाब दिन र सेवाग्राहीलाई आवश्यक जानकारी गराई सरकारलाई थप जिम्मेवारी प्रदान गर्न कार्यक्रम आयोजना गरिएको जनाईएको छ।
कार्यक्रममा नागरिक संवाद केन्द्र बुटवलका प्रमुख अधिवक्ता हेमा न्यौपाने, रुरु गाउँपालिका स्वास्थ्य शाखा प्रमुख छत्र अधिकारी, तानसेन नगरपालिकाका स्वास्थ्य शाखाका शिर बहादुर रानाले प्रस्तुतिकरण राखेका थिए ।
कार्यक्रममा रुरु गाउँपालिका अध्यक्ष यदु ज्ञवाली, वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्य, स्वास्थ्य समिति, स्वास्थ्य स्वयमसेविका, किशोरी सञ्जाल लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले स्वास्थ्य सम्बन्धी कानुन भएपनि कार्यान्वयन फितलो रहेको बताउँदै संघ र प्रदेशले स्थानीय तहलाई सहयोग नगरेको गुनासो गरेका थिए ।
लेखकको सम्वन्धमा