स्वास्थ्य संबन्धी नितिगत व्यवस्था, संभावना, आवश्यकता र चुनौति विषयक निति संवाद कार्यक्रम सम्पन्न
- लुम्बिनी प्रेस संवाददाता
- असार ४, २०८०
- 255 Shares
-
बुटवल । नेपालमा स्वास्थ्य संबन्धी नितिगत व्यवस्था, संभावना, आवश्यकता र चुनौति विषयक निति संवाद कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल कानुन समाज नागरिक संवाद केन्द्र बुटवलको सहयोग तथा रुरु गाउँपालिकाको आयोजनामा गुल्मीमा कार्यक्रम सम्पन्न भएको हो । स्वास्थ्य क्षेत्रमा देखिएका समस्या पहिचान गरि तीन तहका सरकारलाई सुझाब दिन र सेवाग्राहीलाई आवश्यक जानकारी गराई सरकारलाई थप जिम्मेवारी प्रदान गर्न कार्यक्रम आयोजना गरिएको जनाईएको छ।
कार्यक्रममा नागरिक संवाद केन्द्र बुटवलका प्रमुख अधिवक्ता हेमा न्यौपाने, रुरु गाउँपालिका स्वास्थ्य शाखा प्रमुख छत्र अधिकारी, तानसेन नगरपालिकाका स्वास्थ्य शाखाका शिर बहादुर रानाले प्रस्तुतिकरण राखेका थिए ।
कार्यक्रममा रुरु गाउँपालिका अध्यक्ष यदु ज्ञवाली, वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्य, स्वास्थ्य समिति, स्वास्थ्य स्वयमसेविका, किशोरी सञ्जाल लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले स्वास्थ्य सम्बन्धी कानुन भएपनि कार्यान्वयन फितलो रहेको बताउँदै संघ र प्रदेशले स्थानीय तहलाई सहयोग नगरेको गुनासो गरेका थिए ।
प्रतिकृया दिनुहोस्
- मैनाबगरको सूर्योदय प्राविमा १६५ विद्यार्थीको मुख तथा दन्त परीक्षण
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी

लेखकको सम्वन्धमा