एकल महिलाहरुलाई उद्यमशिलता, प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

बुटवल । तीन दिने उद्यमशिलता सचेतन, प्रशिक्षक प्रशिक्षण सम्बन्धि तालिम बुटवलमा सम्पन्न भएको छ।
कृवे विस्ट्रोको सहयोग एव मानव अधिकारको लागि महिला एकल महिला समूह रुपन्देहीको आयोजनामा तालिम सम्पन्न भएको हो।
तालिमको समापन समारोहमा बोल्दै बुटवल उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष प्रदीप श्रेष्ठलेले एकल महिलाले आत्मबलका साथ आय आर्जन हुने गरि लगानि गर्नु राम्रो हुने बताए। उनले आगामी आर्थिक वर्षक बुटवल उपमहानगरपालिकाले गृहणी महिलाको लागि ३ करोड रकम बिनियोजन गरेको बताउदै आगामी दिनमा काम गर्न अझै सहज हुने बताए।
कार्यक्रममा बोल्दै प्रशिक्षक मुकुन्द घिमिरेले छोटो समयको तालिम निकै प्रभावकारी भएको देखिएको बताउदै सकृयताको साथमा उद्यमी बन्न शुभकामना दिएका थिए।उनले अहिलेको तालिम संगै यस्ता तालिम अझै १/२ पटक गर्न सकेमा निकै प्रभावकारी बन्दै जाने बताए।
मानव अधिकारको लागि महिला एकल महिला समूह रुपन्देही अध्यक्ष राधिका श्रेष्ठ, प्रदेश अध्यक्ष जानुका घिमिरे,सचीव रिता सेन, सहभागी शान्ता अधिकारी लगायतले बोलेका थिए।
तालिममा २८ जना एकल महिलाहरुको सहभागीता रहेको थियो।
लेखकको सम्वन्धमा