रोकिएनन रुपन्देहीमा तेल चोरीका घटना

बुटवल । बुटवलमा धमाधम तेल चोरीका घटनाहरु सार्वजनिक हुन थालेका छन् । गत वैशाख ८ गते भैरहवा भन्सार कार्यालयले लु १ ख ४८३९ नम्बरको ट्याङ्करमा मापदण्डभन्दा ३ हजार ३ सय ४८ लिटर पेट्रोल बढी ल्याएको भेटिएको थियो ।
अहिले भने फेरी तेल चोरी गरेको भन्दै २ जनलाई प्रहरीले रंगेहात फेला पारेको छ ।
नेपाल आयल निगमको रुपन्देही, भलबारी डिपोमा आउँदै गरेको लु २ ख ७३७ नं को ट्यांकर पडसरीस्थित यादव पेट्रोल पम्पमा रोकेर तेल चोरी गरेको भन्दै प्रहरीले भारत महाराजञ्ज थाना नौतनवाका चालक ३८ बर्षीय मोहमद मुहिम र सोही ठाउँका सहचालक २२ वर्षीय रविन्द्र गौतमलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रबक्ता श्यामु अर्यालले जानाकारी दिए ।
सादा पोशाकमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले इन्धन भरिएको अवस्थामा दुई वटा ग्यालेन, पाइप, नक्कली सिल, बाल्टिन लगायत सामग्री समेत बरामद गरेको छ ।
लेखकको सम्वन्धमा