दुर्घटना कम गर्न ट्राफिक प्रहरी गर्यो चालकको स्वास्थ्य र सवारीको यान्त्रिक परिक्षण

बुटवल । सवारी चालक अवस्थ रहदा दुर्घटनाको जोखिम बढ्ने हुदा ट्राफिक प्रहरीले चालकको स्वास्थ र सवारीको यान्त्रिक परिक्षण गरेको छ।आइतबार गुल्मी रेसुङ्गा नगरपालिका वडा नं ४ अर्खले स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक कृष्ण प्रसाद आचार्यको टोलिले तम्घास-सिमलटारी सडक खण्डमा चालकको स्वास्थ्य परिक्षण गरेको हो।
बिहान ७:३० बजेदेखि १०:३० बजेसम्मको समयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्ली र गुल्मी यातायात प्रालिको आयोजना र नेपाल नेत्रज्योति संघ गुल्मी, गुल्मी मोडल हस्पिटल प्रालि गुल्मि, नेपाल पत्रकार महासंघ गुल्मीको सहयोगमा उक्त सडक खण्डमा संचालित ८५ (पन्चासी) वटा साना-ठूला सवारी साधनका चालकहरुको आँखा परीक्षण एवंम स्वास्थ्य परीक्षण कार्यका साथै उक्त सवारी साधनहरुको दक्ष प्राविधिकद्वारा यान्त्रीक परीक्षण गरिएको आचार्यले जानकारी दिए।
परीक्षणवाट ६ जना चालकहरुमा उक्त रक्तचापको समस्या तथा ५ जना चालकहरुमा आँखामा समस्या देखिएको तथा सवारीहरुमा समेत समय-समयमा मर्मत सम्भार, समिसिङ्ग, टाइराइड, टायर लगायतको समस्या देखिएको उनले जानकारी दिए।
देखिएका समस्या तत्काल सुधार गर्न र समय समयमा आँखा, स्वास्थ्य एवंम सवारी परीक्षण गरी “आफू बाँचौ र अरुलाई पनि वचाऔं” भन्ने मुल मर्मलाई सदैव ध्यानमा राखी सवारी चलाउन सुझाव दिईएको आचार्यले जानकारी दिए।
लेखकको सम्वन्धमा