जेठ २० गते रुपन्देहीमा कर्पोरेट कम्युनिकेसन तालिम हुँदै
Read Time:1 Minute, 18 Second
बुटवल । यही जेठ २० गते रुपन्देहीमा कर्पोरेट कम्युनिकेसन तालिम हुने भएको छ। एम्पल लर्निङ एन्ड डेभलपमेन्ट फाउन्डेसनको आयोजनमा योगिकुटी स्थित होटेल पौवामा तालिम हुन लागेको हो।
बुटवल क्षेत्रमा पहिलो पटक हुन लागे यस तालिममा कार्यक्रमको काम कसरी व्यवस्थित र सहज तरिकाले गर्न सकिन्छ भन्ने तालिम प्रदान हुने फाउन्डेसनका अध्यक्ष मेनुजा देवकोटाले जानकारी दिइन।
बिजनेस सम्बन्धी विभिन्न कम्पनीमा विभिन्न तालिमहरू प्रदान गर्दै आएका कुशल प्रशिक्षक शिव गुरुङले प्रशिक्षण दिने फाउन्डेसनका रमेश लम्सालले जानकारी दिए।
५० जनालाई सहभागी गराउने र प्रतिव्यक्ति १५ सय रुपैयाँ टिकट रहेको फाउन्डेसनका प्रदीप सुबेदीले जानकारी दिए। बुटवलका विभिन्न स्थानमा टिकट बिक्री भइरहेको छ। टिकटको लागि ९८६७२७२७५३ मा सम्पर्क गर्न सकिने छ।

लेखकको सम्वन्धमा