विश्व दूध दिवसमा लुम्बिनी प्रादेशिक अस्पतालका बिरामीहरूलाई दुग्धपान
- लुम्बिनी प्रेस संवाददाता
- जेष्ठ १८, २०८०
- 249 Shares
-
बुटवल । विश्व दूध दिवसको अवसर पारेर बिहीबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल, बिरामीहरूलाई दुग्धपान गराइएको छ । नेपाल डेरी एशोसिएसन लुम्बिनी प्रदेश, लुम्बिनी दुग्ध वितरण आयोजना (डिडिसी) र रूपन्देही डेरी व्यवसायी समितिले संयुक्त रूपमा कार्यक्रम आयोजना गरी बिरामी, बिरामीका आफन्त र सम्पूर्णलाई दुध तथा दुग्धजन्य परिकारहरू खुवाइएका हुन । ‘दूध क्षेत्रको दिगो विकास, आर्थिक समृद्धिको आधार’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो । हरेक वर्ष ‘जुन फस्ट’ लाई विश्व दूध दिवस रूपमा मनाउने गरिन्छ ।
सो अवसरमा बोल्दै उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष तेजकुमार पाठकले गुणस्तरीय दूध उपभोक्तासमक्ष पु¥याउन व्यवसायीहरूलाई आग्रह गरे । पाठकले गोठदेखि ओठसम्म दुधमा शुद्धता हुन आवश्यक रहेको बताउदै त्यसतर्फ सबैको ध्यान जान आवश्यक रहेकोमा जोड दिए । लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेन्डन (मेसु) डा. सुदर्शन थापाले स्वच्छ दुध नियमित सेवनले धेरै स्वास्थ्य सम्बन्धी समस्याबाट जोगाउन सक्ने बताए । नेपाल डेरी एशोसिएसनका पूर्व अध्यक्ष मेघराज भण्डारीले दूधको खपत बढाउन आवश्यक रहेको बताए ।
प्रतिकृया दिनुहोस्
- मैनाबगरको सूर्योदय प्राविमा १६५ विद्यार्थीको मुख तथा दन्त परीक्षण
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी

लेखकको सम्वन्धमा