नेको इन्सुरेन्स लिमिटेडको वार्षिक उत्सवको अवसरमा विभिन्न कार्यक्रम
- लुम्बिनी प्रेस संवाददाता
- जेष्ठ १८, २०८०
- 149 Shares
-

बुटवल । नेको इन्सुरेन्स लिमिटेडको २७ औ वार्षिक उत्सव कार्यक्रमको अवसर पारेर क्षेत्रीय कार्यालय बुटवलले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।सोही अवसरमा मानव सेवा आश्रम बुटवलमा खाना खुवाउने कार्यक्रम पनि सम्पन्न गरेको छ ।नेको इन्सुरेन्स लिमिटेड बुटवलका क्षेत्रीय प्रबन्धक एवम् संस्थाका सहायक महाप्रबन्धक रमेश बहादुर थापाको अध्यक्षतामा रक्तदान कार्यक्रम एवम् खाना खुवाउने कार्यक्रम सम्पन्न भएको जनाएको छ ।
सो अवसरमा क्षेत्रीय प्रबन्धक थापाले भइपरी आउने क्षतिमा व्यवसायीहरूलाई विमाले मलम लगाउने काम भएको बताए । उनले आफ्नो कम्पनीको सामाजिक उत्तरदायित्व अन्तरगत संस्थाले रक्तदान तथा खाना खुवाउने कार्यक्रम गरेको बताए ।
बीमा प्राधिकरण प्रदेश कार्यालय बुटवल कि सहायक निर्देशक सुरक्षा रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा निप्स लुम्बिनी प्रदेशका अध्यक्ष विश्व दीपक नेपाल, नेपाल, स्व सेवी रक्तदाता समाजका केन्द्रीय महासचिव तथा रेडक्रस सोसाइटी बुटवलका सदस्य कृष्ण चौहान लगायतले आ आफ्नो भनाई राखेका थिए । कार्यक्रम नेको इन्सुरेन्स लिमिटेड बुटवलका शाखा प्रबन्धक गोपीलाल पौडेलको सञ्चालन तथा कर्पोरेट म्यानेजर सर्जन भट्टराईको स्वागत भएको थियो ।रक्तदान कार्यक्रममा ३७ जना रक्तदाताले रक्तदान गरेका थिए ।
कार्यक्रमको संयोजन अशोक पाण्डेले गरेका थिए।
प्रतिकृया दिनुहोस्
- पाल्पाको तिनाउमा माछा मार्नेक्रममा ढुँगाले च्यापिएर एक जनाको मृत्यु
- तिलोत्तमा गोल्ड कप : आज अन्तिम सेमिफाइनल, चर्च ब्वाइज र मच्छिन्द्र भिड्दै
- नरैनापुरका अग्निपीडितले पाए राहत सामग्री
- अर्घाखाँचीको सुपादेउरालीबाट फर्किदै गरेको बस दुर्घटना हुदा बर्दघाटका ३ जनाको ज्यान गयो
- तीन जिल्ला समेटेर बुद्ध सर्किट बनाउन लुम्बिनीका मुख्यमन्त्रीलाई सांसद चौधरीको सुझाव
- बाँदरले सताएपछि उपभोक्ताले सरकारसँग माग गरे भरुवा बन्दुक
- अव्यवस्थित बसोबास जग्गाको नापजाँच सुरु, स्थानीय उत्साहित
- प्रदेशका कानुन प्रदेश र प्रदेशवासीको हितमा हुनुपर्छ : सभामुख घर्ती मगर
- बस्ती नै जोखिममा पर्ने गरी दाङको प्लाई उद्योगमा लागेको आगो (तस्वीरहरू)
- राति २ बजेदेखि सुरु भएको प्लाई उद्योगमा आगलागी अझै नियन्त्रणमा आएन
-
अमृतको नेपालकै नमुना महा अभियान १ लाख बिध्यार्थीको माझमा
चैत्र ६, २०८१ -
‘दलित समुदायको सशक्तिकरण लागि दलित एकता आवश्यक ‘
चैत्र ५, २०८१ -
शुद्धोधनको यज्ञोदयमा नेविसंघ विजयी
चैत्र ५, २०८१ -
सैनामैनाको सहिद नारायणमा अनेरास्ववियु विजयी
चैत्र ५, २०८१ -
पाल्पाको शहीद क्याम्पस रामपुरमा हवाइफायर
चैत्र ५, २०८१ -
दाङमा मकै उत्पादन बढ्यो
चैत्र ४, २०८१ -
प्रधानमन्त्री कपः पुलिसको लगातार छैठौं जित
चैत्र ५, २०८१ -
आजदेखि बुटवलमा दाेस्राे मिडिया सम्मेलन
चैत्र ७, २०८१
लेखकको सम्वन्धमा