कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना : ३८ जना घाइते

कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना : ३८ जना घाइते
0 0
Read Time:2 Minute, 6 Second


बुटवल ।
कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–४ बरईपुरस्थित तौलिहवा–बहादुरगञ्ज हुलाकी सडकखण्डमा मंगलबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन्।

काठमाडौँबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १२६६ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि घाइतेहरुको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको थियो। घाइतेमध्ये ३५ जनालाई थप उपचारका लागि भैरहवास्थित विभिन्न अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा दुई जनाको अवस्था गम्भीर रहेको छ भने १९ जनाको अवस्था मध्यम र १७ जनाको अवस्था सामान्य रहेको छ। गम्भीर घाइतेमध्ये बर्दियाकी ४५ वर्षीया पवित्रा देवकोटा र सुर्खेतका ३० वर्षीय प्रकाश विक रहेका छन्।

बस चालक सुर्खेतका ३० वर्षीय डिल्ली प्रसाद दाहाल, सहचालक राजन बुढासहित अधिकांश यात्रुहरुको शरीरका विभिन्न भागमा चोट लागेको छ। दुर्घटनामा सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, बाँके, झापा, काठमाडौं, ललितपुर, ओखलढुंगा लगायत जिल्लाका यात्रु घाइते भएका छन्।

प्रहरीले १२ जना घाइतेलाई आफ्नै सवारीमार्फत उद्धार गरेको थियो भने अन्यलाई एम्बुलेन्सबाट अस्पताल पुर्‍याइएको जनाएको छ। दुर्घटनापछि सकुशल रहेका अन्य यात्रुहरुलाई गन्तव्यतर्फ पठाइएको छ।
बस दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %