रुपन्देहीका पत्रकार महिलालाई सञ्चारीका रुपन्देहीको क्षमता अभिवृद्धि तालिम

रुपन्देहीका पत्रकार महिलालाई सञ्चारीका रुपन्देहीको क्षमता अभिवृद्धि तालिम
0 0
Read Time:2 Minute, 21 Second

बुटवल । सञ्चारीका समुह रुपन्देहीको आयोजनामा लौङ्गिक समानता र समावेसी सम्बन्धी पत्रकार महिलाको क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगर पालिकाका नगर प्रमुख खेलराज पाण्डेले निर्बाचित भएको तीन बर्ष बितिसक्दा बुटवलको हितमा काम गरेको दावी गर्नुभएको छ ।

उहाँले बुटवलको ठूलो समस्या रहेको ज्योतिनगर पहिरो व्यवस्थापन गरी बुटवललाई जोगाउन सफल भएको जिकिर गर्नुभयो । उज्यालो बुटवल प्रथमिकतामा रहेको र काम निरन्तर बढेको उहाँले बताउनुभयो । त्यस्तै पूरानो बटौली संरक्षणमा विशेष योजनाका साथ काम गर्न सफल भएको उहाँको तर्क छ ।

बुटवल–मुक्तिनाथ पदमार्ग क्षेत्रमा अवस्थित सबै स्थानीय सरकारको भेला आयोजना गरी धार्मिक पर्यटन प्रवद्र्धनको लागि वृहत छलफल र अन्तरक्रिया कार्यक्रमको लागि दुई स्थानीय सरकारले पहल गर्ने प्रमुख पाण्डेयले बताउनुभयो ।

बुटवल उपमहानगरपालिकालाई रचनात्मक सुझाव दिन बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले आग्रह गर्नुभयो । बुटवलको न्याय, अनुगमन र राजस्वको क्षेत्रमा सफलता पूर्वक काम गरेको उपप्रमुख अर्यालको दावी रहेको छ ।

कार्यक्रममा संचारीका समुह रुपन्देहीका निबर्तमान अध्यक्ष निरु गौतम , पत्रकार महासंघ रुपन्देहीका सचिव सिपी खनाल र बुटवल उपमहानगरपालिका राजस्व शाखा प्रमुख रोसन रेग्मी लगाएतले सहजिकरण गर्नुभएको थियो ।

सञ्चारीका समुह रुपन्देहीका अध्यक्ष मीना ढकालको अध्यक्षता, उपाध्यक्ष अस्मिना पाण्डेको स्वागत तथा सचिव पुजा पन्थीको संचालनमा कार्यक्रम
सम्पन्न भएको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %