समृद्धी सैलुन एकेडेमीका ३६६ प्रक्षिक्षार्थी दीक्षित

समृद्धी सैलुन एकेडेमीका ३६६ प्रक्षिक्षार्थी दीक्षित
0 0
Read Time:3 Minute, 57 Second

बुटवल । बुटवलस्थित समृद्धि हेयर ड्रेसिङ सैलुन एण्ड एकेडेमीले आफ्ना विद्यार्थीहरुलाई दिक्षित गरेको छ।एक विशेष समारोहबीच सोमवार ख्यातिप्राप्त हास्य कलाकार सन्दीप क्षेत्रीको प्रमुख आतिथ्यतामा एकेडेमीबाट विभिन्न विषयमा आफ्नो तालिम समापन गरेका ३६६ जना प्रशिक्षार्थीहरुलाई दिक्षित गरिएको हो। सो अवसरमा सलोन एकेडेमीलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त आईएसओ प्रमाणपत्र समेत हस्तान्तरण गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै ख्यातिप्राप्त हास्य कलाकार सन्दीप क्षेत्रीले कार्यक्रमको औपचारिक उद्घाटन गर्दै हेयर ड्रेसिङलाई केवल सिप नभई आत्मनिर्भरता र सम्मानजनक रोजगारीको आधार भएको बताए । ‘शिक्षितसँगै सक्षम बन्ने अवसर यो कार्यक्रमले दिएको छ ।’–उनले भने । कपाल काट्ने मात्र नभई व्यक्तित्व निर्माण गर्ने कलाका रुपमा यो पेशाको पहिचान बनेको भन्दै उनले नयाँ पुस्तामा हेयर स्टाइलको क्रेज बढ्दो रहेको बताए । ‘बजारमा यो पेशाको ठूलो सम्भावना बोकेको छ ।’–उनले भने । सिप नै लगानी बन्ने उदाहरण प्रस्तुत गर्दै उनले विश्वको जुनसुकै कुनामा गए पनि बेरोजगार बन्नु नपर्ने पेशा यो भएको दाबी गरे । सेवा प्रवाहसँगै व्यवहार र विश्वास कायम राख्नुपर्नेमा पनि उनले जोड दिए ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, नेपाल नाइ संघका अध्यक्ष जय श्याम ठाकुर, र सौन्दर्य कला व्यवसायी संघका अध्यक्ष आशु गुरुङ, प्रशिक्षक मेनन लामाले सिपमूलक शिक्षाबाट युवालाई आत्मनिर्भर बनाउने उल्लेख गर्दै यस्ता एकेडेमीहरूको भूमिकालाई प्रशंसा गरे ।
कार्यक्रममा आईएसओ प्रतिनिधि टिकाराम शर्माले समृद्धि एकेडेमीले निर्धारित मापदण्डअनुसार गुणस्तरीय तालिम प्रदान गरेको पुष्टि गर्दै प्रमाणपत्र हस्तान्तरण गरे ।

कार्यक्रमको व्यवस्थापन एकेडेमीका संचालक मोहन ठाकुरले विगतमा ब्यवसाय शुरुवातको चरणलाई स्मरण गर्दै समाजमा स्थापित हुदासम्म आएको परिवर्तनका बारेमा बताए ।

हालसम्म २ करोड बढी लगानी रहेको समृद्धिले देशभर ५० जना बढीलाई प्रत्येक्ष रोजगार प्रदान गर्दै आएको छ । त्यस बाहेक समृद्धि सीप हासिल गरी स्वरोजगार बन्ने र रोजगार प्राप्त गर्नेहरुको सङ्ख्या पनि उल्लेख्य रहेको सञ्चालक ठाकुरले दाबी गरे ।

समृद्धिले हाई पेड जनशक्ति उत्पादन गर्ने लक्ष्य सहित बुटवलमा एकेडेमी समेत सञ्चालनमा ल्याएको बताउदै यसले जनशक्तिलाई आम्दानीमा जोड्न मद्दत पुगेको बताए । एकेडेमीमा एकै पटक ४० जनासम्मलाई सीप प्रदान गर्न मिल्नेगरी संरचनासहित सञ्चालनमा आएको सञ्चालक ठाकुरले बताए ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %