प्रवन्ध सम्पादक पन्थी सहित चार जना सम्मानित

प्रवन्ध सम्पादक पन्थी सहित चार जना सम्मानित
0 0
Read Time:1 Minute, 34 Second

बुटवल । बुटवलस्थित समृद्धि हेयर ड्रेसिङ सैलुन एण्ड एकेडेमीको दिक्षान्त समारोहमा पत्रकार पूजा पन्थी सहित चार जना सम्मानित भएका छन् । लुम्बिनी प्रेसका प्रवन्ध सम्पादक तथा दैनिक पत्र दैनिकका डेक्स संवाददाता पन्थी सौन्दर्यकला पत्रकारिता पुरस्कारबाट सम्मानीत भएकी हुन् ।

पन्थीलाई नगद १५ हजार रुपैयाँ सहित दोसल्ला र प्रमाणपत्रले सैलुन तथा एकेडेमीका सञ्चालक मोहन ठाकुर, प्रमुख अतिथि ख्यातिप्राप्त हाँस्य कलाकार सन्दीप क्षेत्री, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले सम्मान गरेका हुन् ।

यस्तै अग्रज सम्मान अन्तरगत पुरानो ब्युटिसियन तथा पुुरानो नाइ सम्मान गरिएको थियो । पुरानो ब्युटिसियनबाट देबी श्रेष्ठ र पुरानो नाउबाट छविलाल नाउ ठाकुरलाई नगद १५ ÷ १५ हजार रकम सहित सम्मान गरिएको हो ।

यस्तै उत्कृष्ट कर्मचारी सम्मान स्वरुप समृद्धि बुटवल शाखामा कार्यरत देवा ठाकुरलाई नगद १ लाख रुपैयाँ सहित सम्मान गरिएको हो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %