रुपन्देहीको फर्साटिकरस्थित गुडिरहेको स्कूल बसमा आगलागी
Read Time:1 Minute, 10 Second
बुटवल । रुपन्देहीको सुद्धोधन गाउँपालिकास्थित सौ फर्साटिकरमा विद्यालय बसमा एक्कासी आगो लागेको छ । सुद्धोधन गाउपालिका वडा नं ४ फर्साटिकरमा रहेको लिटिल फ्लावर हाइयर सेकेण्डरी स्कुलको बसमा आगो लागेको हो।
आज बिहान विद्यार्थी बोकेरे आउँदै गरेको बस विद्यालय नजिकै पुगेपछि अचानक आगो लागेको स्थानीयले बताएका छन्। आगलागी हुँदा बसमा विद्यार्थी खचाखच थिए।
विद्यालयकै अगाडी पुगेपछि अचानक धुवा पुत्ताउदै थियो आगो लागी हाल्यो नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले मिलेर बिद्यार्थीको उद्धार गरेर आगो निभाएको हो स्थानीय मनोज भण्डारीले भने।
आगलागीबाट विद्यालयको लु १ क १३२६ नम्वरको बस पूर्णरुपमा क्षती भएको छ। आगलागीबाट मानवीय क्षती भने भएको छैन।

लेखकको सम्वन्धमा