नेपाली सेनाको २२ नम्बर बाहिनीमा बाहिनीपति ट्रफी शुरु

नेपाली सेनाको २२ नम्बर बाहिनीमा बाहिनीपति ट्रफी शुरु
0 0
Read Time:2 Minute, 2 Second

बुटवल। नेपाली सेनाको श्री नं. २२ बाहिनी अड्डा रामनगर ब्यारेक बुटवलले अन्तर्गत युनिटहरुका खेलाडीहरुका बीचमा “बाहिनीपति ट्रफी २०८२” शुरु भएको छ।

प्रतियोगिताको बाहिनीपति सहायक रथी पुरुषोत्तम खड्काले उद्घाटन गरेका थिए। उनले प्रतियोगिताले आपसी सम्बन्ध र भाइचारा स्थापित गर्नुका साथै शारिरीक तन्दुरुस्ती समेत वृद्धि गर्ने बताए।
कार्यक्रममा बाहिनी अड्डाका सहायक बाहिनीपति महासेनानी सुरेश थापा, अन्तर्गत युनिटहरुका युनिटपतिहरु, बाहिनी अड्डाका स्टाफ अधिकृत, पदिक, सकलदर्जालगायत सम्पूर्ण विधाका अफिसियलको उपस्थिति थिए।

राष्ट्रलाई विश्वसामू पहिचान गराउन खेलकुद एक अभिन्न अङ्ग भएकोले नेपाल तथा नेपाली सेनालाई विश्व सामु चिनाउन, खेलकुद क्षेत्रको विकास एवम् विस्तार र खेलकुदको क्षेत्रलाई फराकिलो पार्ने उद्देश्य अनुरुप श्री नं. २२ बाहिनी अड्डा रामनगर ब्यारेक बुटवलले बाहिनीपति ट्रफी आयोजना गरेको हो।

प्रतियोगितामा पहिलो दिन पुरुषतर्फ १०० मिटर दौड र सटपुट एवम् महिलातर्फ १०० मिटर दौड सञ्चालन भएको थियो।
प्रतियोगितामा प्रत्येक युनिटहरुमा छुट्टाछुट्टै विधाहरु फुटबल, भलिबल, बास्केटबल, तेक्वान्दो, बक्सिङ्ग, जुडो, स्वीमिङ्ग, एथ्लेटिक्स लगायतका खेलहरु यही वैशाख ३१ गतेसम्म सञ्चालन हुने छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %