लुम्बिनी प्रदेश सभा छैठाैँ अधिवेशन ३१ गते बस्ने
Read Time:45 Second
दाङ । लुम्बिनी प्रदेश सरकारले यही वैशाख ३१ गते छैठौँ अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ३१ गते दिउँसो १ बजे अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए ।
गत फागुन ७ गते पाँचौँ अधिवेशन अन्त्य गरिएको थियो ।

लेखकको सम्वन्धमा