मैले ल्याएँ भन्दै भ्रम छर्न बजेट माग्न मन्त्रालय नआउनुस् : मुख्यमन्त्री महरा (भिडियाे सहित)
- लुम्बिनी प्रेस संवाददाता
- बैशाख २७, २०८१
- 416 Shares
-
कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले बजेट माग्न मन्त्रालय नआउन स्थानीय सरकार प्रमुखलाई आग्रह गरेका छन् ।नेपाल नगरपालिका संघ लुम्बिनीले चन्द्रौटा गरेको अन्तरक्रियामा मुख्यमन्त्री महराले बजेट आफ्नो सिस्टम अनुसार जाने भन्दै मन्त्रालय जाँदैमा बजेट नपाइने बताए ।
‘योजनाका फाइल बोकेर मन्त्रालय जाने काम नगर्नुस् ।’ मुख्यमन्त्री महराले भने, ‘मन्त्रालय जाँदैमा बजेट पाइँदैन । बजेट मन्त्रालयगत कार्यालयबाट आफ्नो प्रक्रियाबाट आफै गइहाल्छ ।’
स्थानीय तह आफै सरकार भएकाले एउटा सरकार बजेट माग्न अर्को सरकारसँग हात फैलाउन नपर्ने मुख्यमन्त्री महराले बताए । आफू विकास नभएको ठाउँमा विकास गर्न प्रतिबद्ध भएको उनको भनाइ छ ।
मन्त्रालयमा आएर बजेट लग्ने र सर्वसाधारण लाई मैले ल्याएको भनेर भ्रम फैलाउने परम्परा हाबी भएको भन्दै उनले त्यसको अन्त्य गर्ने अभियानमा आफू लागेको बताए ।
प्रतिकृया दिनुहोस्
- चाडपर्व लक्षित विशेष सुरक्षा योजना: कपिलवस्तुमा ६४ मोटरसाइकलमा हतियारसहितका प्रहरी टोली र २८८ सीसीटीभीबाट निगरानी
- बुटवल उद्योग वाणिज्य संघका महासचिवका उम्मेदवार बसन्त ढकाल भन्छन् – ‘व्यवसायीका समस्या समाधानमा प्रभावकारी भूमिका खेल्ने छु’
- ३३ वर्षदेखि व्यवसायमा सक्रिय अलिम दिन, व्यापारीको हितमा काम गर्ने प्रतिबद्धता
- युवालाई धर्म र भजनसँग जोड्न नेपाल मानव धर्म सेवा समितिमा आज भजन सन्ध्या हुदै
- मैनाबगरको सूर्योदय प्राविमा १६५ विद्यार्थीको मुख तथा दन्त परीक्षण
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

लेखकको सम्वन्धमा