समानिकरणको अनुदान निकास नभए सिहदरबार घेरिन्छ : अध्यक्ष ढुंगाना

बुटवल । नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले स्थानिय सरकारलाई दिने समानीकरण अनुदान निकास नभए सिंहदरबार घेर्ने चेतावनी दिनुभएको छ ।
बिहीबार रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष ढुंगानाले सम्झौता भईसकेका आयोजनाहरु अहिले अन्तिममा आएर अनुदान कटौती गर्ने निर्णय कुनै हालतमा स्वीकार गर्न नसकिने बताउनुभयो ।
निलकण्ठ नगरपालिकाका प्रमुख समेत रहेका ढुंगानाले प्रधानमन्त्री पुुष्प कमल दाहाल र अर्थमन्त्री वर्षमान पुनलाई नेपाल नगरपालिका संघ र गाउँपालिका महासंघको तर्फबाट पटक पटक रकम निकासाका लागि आग्रह गरेको बताउनुभयो ।
उहाले भन्नुभयो प्रधानमन्त्रीले रकम निकासा हुन्छ भनेकाले त्यस कुरामा विश्वास गरेको भन्दै अब जेठ पहिलो हप्ता सम्म पनि रकम निकासा नभए ७५३ वटै पालिकाका जनप्रतिनिधिहरुले सिंहदरबार घेर्ने चेतावनी दिनुभयो ।
“‘हामीलाई अझै पनि विश्वास छ सम्माननिय प्रधानमन्त्रीले वचन दिएअनुसार रकम निकासा हुन्छ उहाँले भन्नुभयो ,यदि जेठ पहिलो हप्तासम्म पनि रकम निकास नभए जेठको दोस्रो हप्ता देखि सिहंदरबार केन्द्रीत आन्दोलन हुन्छ”
लेखकको सम्वन्धमा