अश्लील भिडियो खिचेर पटक पटक करणी गरेको आरोपमा पक्राउ परे गुरुङ, पिडित भन्छिन – यहि अवधीमा ५ करोड भन्दा धेरै पैसा पनि दिए

बुटवल । भैरहवामा एकल महिलालाई जवर्जस्ती करणी गरेको अभियोगमा पक्राउ परेका अभियुक्तले पैसाको प्रलोभनमा मुद्दा प्रभावित पार्न खोजेको पीडितले गुनासो गरेका छन् ।
आफूविरुद्धको मुद्दा प्रभावित पार्न अभियुक्त सिद्धार्थ गुरुङ प्रहरी र सरकारी वकिलको सेटिङमा लागेको पीडितको आरोप छ
अभियुक्त बुटवल–११ निबासी ३६ वर्षीय गुरुङले पीडित महिलालाई साढे ३ वर्षदेखि विश्वासमा लिई सबै सम्पत्ति समेत आफ्नो नाममा गराएको र करिव ५ करोड रकम समेत लगेको पीडितको गुनासो छ ।
पटकपटक आफ्नो कोठामा आएर जवर्जस्ती गर्ने र त्यसको भिडियो खिचेर बारम्बार ब्लाकमेलिङ गरी आफ्नो बदनाम गर्न खोजेपछि पीडित महिला न्यायको लागि प्रहरीकहा पुगेकी हुन् ।
पीडितको उजुरीपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अभियुक्त गुरुङलाई वैशाख ६ गते पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ । यद्यपि अभियुक्त गुरुङ भने उपचारको बहानामा भैरहवास्थित सिद्धार्थ सिटी अस्पतालमा बसेका छन् । प्रहरीले अनुसन्धानका लागि भन्दै तीन पटक गरेर १९ दिन म्याद थप गरिसकेको छ ।
सामान्यतयाः जबरजस्ती करणीको अभियोग लागेकालाई सरकारी वकिलले अभियुक्तका नातेदारलाई भेट्ने प्रचलन नभएको तर यो घटनामा अभियुक्तले सरकारी वकिलसँग भेट गरेको पीडित महिलाको गुनासो छ ।
एकल महिलालाई जवर्जस्ती करणी गर्ने गुरुङ पहिले नै विवाहित हुन् । पीडित महिलाले सिद्धार्थले आफ्ना केही निजी फोटो र भिडियो गोप्य रुपमा खिचेको आरोप छ । सोही भिडियो र तस्बिर देखाउँदै उनले वर्षौंदेखि आफ्नो स्वार्थ पूरा गरेको महिलाले बताइन् ।
सबैथोक मानेपछि पनि आफ्नो तस्बिर र भिडियो डिलिट नगरेकाले आफूले प्रहरीकोमा उजुरी दिएको पीडित महिलाको भनाई छ । सिद्धार्थले खोलेको वैभव लक्ष्मी इन्टरनेशनल कम्पनी पनि महिलाको सम्पत्ति बेचबिखनपछि सञ्चालनमा ल्याएका उनले भसुधारा निर्माण सेवा चलाउँदै आएका छन् । बुटवलमा इटल्ली मोमो पसल र गाउँले चुल्हो समेत महिलाकै सम्पत्तिमा जोडेको बताइएको छ ।
सिद्धार्थको पहिलेकी श्रीमतीबाट समेत एउटी छोरी छन् । विवाहित पुरुषले एकल महिलालाई पहिले दिदीको साइनो लगाएका थिए भने त्यसपछि साथीको रुपमा व्यवहार गर्ने गरेका थिए । श्रीमतीको हैसियत दिएपछि सम्पत्ति आफ्नो नाममा बनाएर सम्पर्कबाट टाढिन थालेको महिलाको भनाई छ ।
यता, रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले कसैले चाहँदैमा मुद्दा प्रभावित नहुने बताए । “पीडित महिलाले दिएको जवर्जस्ती करणीको मुद्दामा अनुसन्धान चल्दैछ, अनुसन्धान सकेर मुद्दा अदालतमा जान्छ, कसैले चाहँदैमा मुद्दा प्रभावित हुन सक्दैन”–उनले लुम्बिनी प्रेस सँग भने ।
लेखकको सम्वन्धमा