ट्रकको ठक्करबाट दाङमा एकजनाको मृत्यु

ट्रकको ठक्करबाट दाङमा एकजनाको मृत्यु
0 0
Read Time:1 Minute, 9 Second

दाङको तुलसीपुरमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–९ बेलुवाका ३८ वर्षीय सेफ अलि खाँ रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए ।

उनका अनुसार तुलसीपुरको अटोभिलेजबाट बसपार्कतर्फ आउदै गरेको रा १ क ५९६ नम्बरको ट्रकले अटोभिलेज नजिकै आफ्नै ईलेक्ट्रिक पसल अगाडी बसेका उनलाई आज बिहान पौने ११ बजेको समयमा ठक्कर दिदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भिर घाइते भएका खाँलाई उपचारका लागी राप्ती प्रादेशिक अस्पतालमा पुराएलगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालक तुलसीपुर–१३ का गंगाराम सुनारलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %