ट्रकको ठक्करबाट दाङमा एकजनाको मृत्यु
- लुम्बिनी प्रेस संवाददाता
- बैशाख २३, २०८१
- 292 Shares
-
Read Time:1 Minute, 9 Second
दाङको तुलसीपुरमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–९ बेलुवाका ३८ वर्षीय सेफ अलि खाँ रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए ।
उनका अनुसार तुलसीपुरको अटोभिलेजबाट बसपार्कतर्फ आउदै गरेको रा १ क ५९६ नम्बरको ट्रकले अटोभिलेज नजिकै आफ्नै ईलेक्ट्रिक पसल अगाडी बसेका उनलाई आज बिहान पौने ११ बजेको समयमा ठक्कर दिदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी गम्भिर घाइते भएका खाँलाई उपचारका लागी राप्ती प्रादेशिक अस्पतालमा पुराएलगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालक तुलसीपुर–१३ का गंगाराम सुनारलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।
प्रतिकृया दिनुहोस्
- चाडपर्व लक्षित विशेष सुरक्षा योजना: कपिलवस्तुमा ६४ मोटरसाइकलमा हतियारसहितका प्रहरी टोली र २८८ सीसीटीभीबाट निगरानी
- बुटवल उद्योग वाणिज्य संघका महासचिवका उम्मेदवार बसन्त ढकाल भन्छन् – ‘व्यवसायीका समस्या समाधानमा प्रभावकारी भूमिका खेल्ने छु’
- ३३ वर्षदेखि व्यवसायमा सक्रिय अलिम दिन, व्यापारीको हितमा काम गर्ने प्रतिबद्धता
- युवालाई धर्म र भजनसँग जोड्न नेपाल मानव धर्म सेवा समितिमा आज भजन सन्ध्या हुदै
- मैनाबगरको सूर्योदय प्राविमा १६५ विद्यार्थीको मुख तथा दन्त परीक्षण
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

लेखकको सम्वन्धमा