मूल्यबृद्धी गरेको विरोधमा अनशन बसेका युवाहरुको नगरपालिकाद्धारा स्वास्थ्य चेकजाँच
शिवु खनाल– देउखुरी । उपभोक्ताको ढाड सेक्नेगरी सरकारले मूल्य बृद्धी गरेको विरोधमा अनशन बसेका स्वतन्त्र युवाहरुको लमही नगरपालिकाले स्वास्थ्य सम्बन्धी जानकारी लिएको छ ।
आइतवार लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरी, उप–प्रमुख लक्ष्मी योगी, लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी र लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुबेदीले अनशनरत दुई युवाहरुको स्वास्थ्य सम्बन्धी जानकारी लिनुभएको हो । स्वास्थ्यकर्मीबाट उनिहरुको स्वास्थ्य चेकजाँच गरि जानकारी लिइएको हो ।

नेपाल सरकारले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा गरेको मूल्य वृद्धीको विरोधमा स्वतन्त्र युवाहरुले विरोध स्वरुप दाङको लमहीमा अनशन बस्नु भएको छ । लमही नगरपालिका वडा नम्बर ५ गोरक्षटोल निवासी डिल्लीराज खनाल र लमही नगरपालिका वडा नम्बर ४ निवासी बाबु रोका मगर दुईजना मुल्य वृद्धीको विरोधमा अनशन बस्नुभएको हो । अनशन बसको आज तीनदिन भयो ।
नगरपालिकाले अनशनरत युवाहरुको प्रेसर चेकजाँच गरेको छ । अनशनरत डिल्लीराज खनालको १ सय १०÷७० र बाबु रोका मगरको १ सय २०÷७० प्रेसर रहेको छ । उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख ठाकुर भट्टराईले जानकारी दिनुभयो ।

यता अनशनरत डिल्ली राज खनालले अनशन कहिले टुंगोमा पुग्छ थाहा नभएको बताउनुहुदैँ, नेपाल सरकारले जहिले मूल्य वृद्धी फिर्ता गर्छ, त्यतिबेला सम्म हाम्रो आन्दोलन चलिरहने बताउनुभयो । लमही नगरपालिकाले उनिहरुको स्वास्थ्य सम्बन्धी जानकारी लिइरहने र नियमित रुपमा स्वास्थ्य चेकजाँच गर्ने जनाएको छ ।।


लेखकको सम्वन्धमा