शुद्धोधनमा जेठ २४ देखि जेसिज सप्ताह हुने,यस्तो छ तालिका

शुद्धोधनमा जेठ २४ देखि जेसिज सप्ताह हुने,यस्तो छ तालिका
0 0
Read Time:2 Minute, 45 Second

बुटवल । रुपन्देहिको शुद्धोधन गाउँपालीकामा शुद्धोधन जेसिजको आयोजनामा जेसिज सप्ताह हुने भएको छ। शुद्धोधन जेसिज बर्ष २०२२ का अध्यक्ष जेसि मुकेसको कुवरको ” कार्यसम्पादन बाट नै युवाको बिकास” भन्ने प्रकरण लाई आत्मसाथ गर्दै जेठ २४ गते देखि ३१गतेसम्म विभिन्न कार्यक्रम गरेर जेसिज सप्ताह गर्ने निर्णय गरेको हो । जेसिज सप्ताह कार्यक्रम सफल बनाउन अध्यक्ष सल्लाहकार रमेश गौतमको मुल संयोजकत्व तथा पदाधिकारीहरुको संयोजकत्वमा कार्यविभाजन गरी जिम्मेवारी तोकिएको शाखाका महासचिव महेन्द्र गौतमले बताए।
शुद्धोधन जेसिजले जेठ २४ गते सुरु गरिने सप्ताह कार्यक्रम अन्तर्गत उद्घाटन तथा ट्राफिक जनचेतना कार्यक्रम कार्यकारिणी उपाध्यक्ष राहुल खनालको संयोजकत्वमा ,२५ गते बक्तृत्वकला प्रतीयोगिता कार्यकारिणी उपाध्यक्ष रुपा पराजुलीको संयोजकत्वमा , २६ गते शुद्धोधन गायन प्रतियोगिता उपाध्यक्ष नवीन खत्रीको संयोजकत्वमा , २७ गते कर , आर्थिक मन्दि लगायतका विषयमा अन्तर्कृया कोषाध्यक्ष यज्ञराज आचार्यको संयोजकत्वमा , २८ गते संसदिय बैठक प्रणाली तालिम उपाध्यक्ष बिजय पराजुलीको संयोजकत्वमा , २९ गते अन्तर शाखा डबल व्याडमिन्टन प्रतीयोगीता उपाध्यक्ष बिष्णु पंगेनीको संयोजकत्वमा, ३० गते बिद्यार्थी हरुलाई शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम उपाध्यक्ष सन्दिप बोहराको संयोजकत्वमा र ३१ गते जनप्रतिनिधि बधाई एवम् शुभकामना , पुरस्कार बितरण तथा समापन कार्यक्रम अध्यक्ष सल्लाहकार एवम् मुल संयोजक रमेश गौतमको संयोजकत्वमा हुने भएको छ ।
शुद्धोधन जेसिजले युवाहरुको नेतृत्व, क्षमता र ब्यक्तित्व विकास, रक्तदान ,स्वास्थ्य शिविरका साथै आर्थिक समस्याको कारण उपचार समस्या भएकाहरुलाई आर्थिक सहयोग गरेर रचनात्मक कार्यक्रम गर्दै आएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %