‘बालबालिकाको समग्र बिकासमा सबैले ध्यान दिनुपर्छ ‘

‘बालबालिकाको समग्र बिकासमा सबैले ध्यान दिनुपर्छ ‘
0 0
Read Time:4 Minute, 30 Second

बुटवल। प्रदेश स्तरीय बालबालिका सपना परियोजना समीक्षा बैठक तथा कोभिड १९ प्रतिकार्य परियोजना समापन गरिएको छ।
थारु महिला उत्थान केन्द्रद्वारा सञ्चालित बालबालिकाको सपना परियोजनाको आयोजना, स्वास्थ्य निर्देशनालय लुम्बिनीको सहकार्य र प्लान ईन्टरनेसनलको सहयोगमा बुटवलमा शुक्रबार आयोजित एक कार्यक्रमका बिच समिक्षा गरिएको हो।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य दामा कुमारी शर्माले थारु महिला उत्थान केन्द्रले बच्चाहरु तथा बालबालिकाको क्षेत्रमा गरेको कार्यको प्रसम्सा गर्दै सहकार्य गर्न प्रदेश सरकार साथमा रहेको बताईन। उनले समाज बिकासका लागि काम गर्न आवश्यक रहेको बताउदै सबै समुदायको समान बिकासका लागि काम गर्नुपर्ने बताईन। उनले निजि तथा बिदेशी डोनरले गरेका सहयोगका कामबाट सरकारले पाठ सिक्दै ब्यवस्थापन गर्नुपर्ने बताईन। उनले भोलिको नागरिक कस्तो बनाउने भन्नेमा ध्यान दिन आग्रह गरिन।उनले महिलालाई घरमा मात्रै बाधेर राख्नु गलत रहेको बताउदै आयमा जोड्ने काम प्रदेश सरकारले गर्न लागेको बताईन।
स्वास्थ्य निर्देशनालय लुम्बिनीका बरिस्ठ जनस्वास्थ्य प्रशासक रोसनलाल चौधरीले प्रदेशका १२ जिल्लामा सञ्चालित खोप अभियानमा थारु महिला उत्थान केन्द्रसंग सहकार्य गरेको बताउदै राम्रो ब्यवस्थापन गरेको उल्लेख गरे। बर्दियामा स्वास्थ्यमा राम्रो काम गरेको बताउदै निर्देशनालयलाई निकै सहयोग पुगेको बताए। उनले जन्क फुड प्रयोग गर्ने बालबालिकाको सन्ख्या घटाउन निकै मेहनत गरेको बताए।
बालबालिकाको सपना परियोजनाका प्रोजेक्ट कोअर्डिनेटर जेनिशा लामाले परियोजनाको बारेमा प्रस्तुती दिएकी थिइन। उनले बर्दिया जिल्लाको ३ पालिकामा काम गरेको बताउदै यी पालिकामा परियोजना सफल भएको बताइन। उनले कमजोर र सिमान्तकृत परिवारका लाई मुख्य प्राथमिकतामा राखेको बताउदै अन्य बालबालिकाको ६ किसिमको बिकासमा काम गरेको बताईन। उनले बालबालिकाको शारिरिक बिकास, सम्बेगात्मक बिकास, मानसिक बिकास, सामाजिक बिकास, बौद्धिक बिकास र भाषिक बिकासमा काम गर्दै आएको बताईन। उनले कोरोनाको समयमा समेत खोप लगाउने कार्य पनि गरेको बताईन।
कार्यक्रममा कोभिड १९ प्रतिकार्य परियोजनाका प्रोजेक्ट कोर्डिनेटर आशाराम चौधरीले कोरोनाको समयमा परियोजनाले काम गरेमा कामको बारेमा बताएका थिए। उनले कोभिड बिरुद्धको खोपको बारेमा जनचेतना र स्वास्थ्य सामाग्री बितरण गरेको जानकारी दिए। उनले ८ वटा पालिकामा परियोजनाले काम गरेको बताए। उनले जनचेतना फैलाउनको लागि सञ्चार माध्यम र महिला स्वास्थ्य स्वयंसेविकाको सहयोग लिइएको जानकारी दिए।
कार्यक्रममा प्रदेश योजना आयोग लुम्बिनी सदस्य डा. दामोदर भुसाल, स्वास्थ्य कार्यालय रुपन्देही प्रमुख गौरब ढकाल, थारु महिला उत्थान केन्द्रकि निर्देशक प्रीज्मा सिह थारु,जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका कृष्ण गोपाल चौधरी लगायतले बोलेका थिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %