बुटवल उद्योग बाणिज्य संघको “कोभिड १९ नि:शुल्क परामर्श सेवा” भोलिदेखि ,सुरक्षित रहन अपील

Read Time:1 Minute, 15 Second
बुटवल । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले हरेक ब्यक्ति चिकित्सकको पहुचमा पुर्याउने उद्देश्यले निशुल्क परामर्श सेवा सञ्चालन गर्ने भएको छ ।संघका अध्यक्ष उज्ज्वल कसजुले यो कार्यक्रम मंगलबार बिहान १२ बजेबाट शुरु हुने जानकारी दिए । उनले कोरोनाको दोस्रो लहरको महामारीको बारेमा बुझ्नको लागि ३ फिजिसियन डाक्टरसंग समन्वय गरिएको जानकारी दिए ।
बिहान १२ देखि ५ को समयमा डाक्टरहरु द्वारिका प्रधान, सुशील श्रेष्ठ र सुसान्त श्रेष्ठले कोरोनाका लक्षण र गर्नुपर्ने कामको बारेमा जानकारी दिने संघले जनाएको छ । साथै संघले कोरोनाको दोस्रो लहरले महामारीको रुप लिएको बताउदै यसबाट शुरक्षित रहन अपिल समेत गरेको छ । साथै कोरोना नियन्त्रणको लागि संघ हरपल तयार रहेको समेत संघले जनाएको छ ।
लेखकको सम्वन्धमा