चर्चाका समाचारहरु

अक्स्फोर्ड पथमा गमला मर्मत एव फूल संभार

अक्स्फोर्ड पथमा गमला मर्मत एव फूल संभार
0 0
Read Time:2 Minute, 18 Second

बुटवल । बुटवल ८ त्रिभुवन अक्स्फोर्ड टोल विकास सस्था अन्तरगत रहेको अक्स्फोर्ड पथमा सडक किनारा गमला मर्मत एव फूल संभार गरिएको छ। शनिबार बिहान एक कार्यक्रमको आयोजना गर्दै ३३ घर रहेको जिम्मामा ४८ गमलामा बिरुवा रोपिएको हो।
टोल बिकास सस्थाका अध्यक्ष विष्णु हरि पाण्डेको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको हो।
अक्स्फोर्ड माबिका प्राचार्य दिनेश भुसालको १० हजार र राजन कुमार पोखरेलको ५ हजार १ रुपैयाँ आर्थिक सहयोगमा कार्यक्रम गरिएको हो।
वडा अध्यक्ष यज्ञ प्रसाद उत्कृष्ट कार्य गर्ने टोललाई नगरले सम्मान गर्ने बताउदै यो कार्यलाई उत्कृष्ट बनाउन सकेमा आगामी वर्षमा सम्मान गर्ने बताए। उनले अघिल्लो बजेटमा धेरै कुरा समावेश हुन नसकेपनी अहिलेको बजेटले साना साना कुरा पनि समेटने बताए। उनले फुल गमला र फूलको जिम्मेवारी तोकेकोले यो दीगोपना हुने बताए।
कार्यक्रममा बुटवल ८ वडा सदस्य सीता खनाल, अक्स्फोर्ड माबिका प्राचार्य दिनेश भुसाल लगायतले बोलेका थिए।
गमला तथा फूलको संरक्षण गर्नको लागि बोर्डमार्फत तोकेर ब्यवस्थापन गरिएको टोलकि सदस्य कल्पना सिवाकोटीले जानकारी दिइन।
धुपी, सिजिएन, एकजरा,सेफ्लेटिया,क्रोटोन बेगमकलीजातका फुल लगाईएको सडक किनारा गमला मर्मत एव फूल संभारका सदस्य राजन पोख्रेलले जानकारी गराए।
प्रत्येक गमलामा नाम र नम्बर लेखिएको र उनिहरुले नै ब्यवस्थापन गर्नेगरी ब्यवस्थापन गरिएको समिति सदस्य सारदा अर्यालले जानकारी दिइन।८० हजार लागतमा कार्यक्रम भएको हो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %