चर्चाका समाचारहरु

लाईसेन्स कार्यालय बुटवलमा सुधारको संकेत

लाईसेन्स कार्यालय बुटवलमा  सुधारको संकेत
0 0
Read Time:7 Minute, 30 Second

बुटवल । सरकारी कार्यालय परिषरमा भित्र पिउने पानी, फ्रि वाईफाई जोन, कार्यालय भित्र विचौलिया लाई प्रवेश निशेध, सवारी चालक अनुमती पत्रको आवेदन दिएको १५ दिनमा सवारी चालक अनुमती पत्र हातमा पर्ने । यो अहिले बुटवल-१३ बेलबासमा रहेको ॅसवारी यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमती पत्र कार्यालय’को सुधार हो ।
यति मात्रै होईन, कुनै पनि विचौलिया मार्फत काम नगर्नको लागि विहान देखि साँझ सम्म माईकिङ्ग, सेवा ग्राहीका लागि सहयोगी कर्मचारीको व्यवस्था समेत गरिएको छ । सरकारी कार्यालयमा सरी सुधार भएको करिव एक महिना देखि हो । पहिला भद्रगोल अवस्थामा रहेको बुटवलको सवारी चालक अनुमती पत्र कार्यालय बेलबासमा सरेपछि केही सुधारहरु देखिन थालेका हुन ।
अहिले लाईसेन्सका लागि ट्रयाल परिक्षा दिनको लागि दैनिक कोटा निर्धारण गरिएको हुन्छ । कार्यालय प्रमुख महेश पाण्डेका अनुसार अहिले दिनमा जम्मा ६ सय जना को मात्रै ट्रयाल दिने गरी कोटा निर्धारण गरिएको छ । लिखित परिक्षा पास भएका सेवा ग्राहीहरुले हप्ता दिन भित्र ट्रयालमा सहभागी हुन पाउछन्, ट्रायल दिएको सोही दिन नै सवारी चालक अनुमती पत्रको प्रमाण पत्र प्राप्त गर्दै आएका छन् ।
कार्यालय प्रमुख पाण्डेले सरकारी कार्यालय लाई नमुना बनाउनका लागि आफुले हदै सम्मका कामहरु गर्दै आएको बताउँनुभयो् । आफु कार्यालय प्रमुख भएर आएको एक महिनामा सेवा ग्राहीहरुका लागि अनलाईन प्रणालीमा सुधार गरी प्रत्येक दिन नै आवेदन दिन मिल्ने व्यवस्था गरिएको उहाले बताउनु भयो । विगतका बर्षहरुमा सवारी चालक अनुमती पत्रका लागि महिनौं, बर्षौं सम्म हुनुपर्ने अवस्था रहेको थियो ।
सवारी चालक अनुमती पत्रको कार्यालयमा का अनुसार सेवा ग्राहीहरुको सहजताका लागि कुर्ची सहितको प्रतिक्षालय समेत निर्माण गरिएको छ । पहिला महिनौ सम्म पनि परिक्षा नहुने गरेकोमा अहिले आफ्नै भवनमा प्रत्येक हप्ता परिक्षा हुदै आएको छ ।
लिखित परिक्षा पास गरी ट्रयाल(प्रयोगात्मक परिक्षा)का लागि महिनौं कुनुपर्नेमा अहिले परिक्षा पास गरेको एक हप्तामा नै परिक्षार्थीले प्रयोगात्मक परिक्षामा सहभागी हुन पाउने गरी व्यवस्था मिलाइएको छ । यसको अलवा एसएमएस प्रणाली मार्फत परिक्षामा सहभागीको नतिजा हेर्ने पाउने, ट्रायल तालिका र समय घरमा नै बसेस एसएमएस बाट गर्न सक्ने गरी व्यवस्था मिलाइएको प्रशासन शाखाले जनाएको छ ।
विगताका बर्षहरुमा दिनभरी नै प्रतिकुल मौसममा ट्रायलको लागि लामो लाईन लाग्नुपर्ने कुर्नु पर्नेमा अहिले विहान ७ बजे देखि दिउँसो १२ बजे सम्ममा सबै परिक्षार्थीहरुको ट्रायल परिक्षा हुने व्यवस्था गरिएको छ । कोटा निर्धारण गरिएको कारण सहज भएको जनाइएको छ ।
कार्यालयका कम्प्युटर अप्रेटर विकास नेपालीका अनुसार अहिले दैनिक ६ सय मात्रै सेवा ग्राहीहरुले सेवा प्रवाह हुदै आएको हो । जसमा मोटरसाईकल को २००, स्कुटरको १०० वटा, गाडीको १०० वटा र अन्य ट्रयाक्टर, रिक्सा, मोपेड, लोडर, एक्साभेटर आदीको ५०/५० गरी ६०० वटा को मात्रै ट्रायल हुदै आएको छ ।
विगतमा सयौंको संख्यामा लिखित परिक्षा पास भएका हरु सहभागी हुँदा दिन भरी नै ट्रयाल गर्नुपर्ने अवस्था अन्त्य गरिएको छ ।
यसको साथै अहिले कार्यालयले मेडिकल शुल्क समेत घटाएको छ । कार्यालय परिषर भित्र नै मेडीकल गर्दा विगतका दिनमा १ सय ५० रुपैयाँ लिने गरेकोमा अहिले मात्रै १०० मा मेडिकल रिर्पोट दिने व्यवस्था मिलाइएको छ ।
विगतमा लिखितको परिक्षा बुटवलमा रहेको एक विद्यालयमा हुदै आएकोमा अहिले भने कार्यालय मा नै निर्माण गरिएको परिक्षा हल मा प्रत्येक हप्ताको विहिबार परिक्षा गरिदै आइएको छ । वि.स. २०७९ बैशाख महिनामा बेलबासमा कार्यालय सरेको थियो ।
आगामी आर्थिक बर्षमा मोवाईल एप्स मार्फत सेवा ग्राहीहरुले रकम बुझाउने देखि लिएर सवारी चालक अनुमती पत्रको आवेदन दिने, नविकरणका लागि आवेदन दिने लगायतका काम गर्ने गरी बजेट विनियोजन गरिएको छ । जसबाट सेवा ग्राहीहरुले सहज रुपमा सेवा प्रवाह हुने जनाइएको छ ।
स्थानीय सेवा ग्राही अरुण ठाकुरले कार्यालयमा धेरै सधार गरिएको कारण सहज भएको बताउँछन् । विगतका दिनमा घण्टौ लाईन लाग्नुपर्ने, परिक्षाका लागि कुनुर्पे अवस्था अहिले नभएको बताउनु भयो । यस्तै अर्का सेवा ग्राही दिपक पाण्डेयले केही सुधारका काम भएको बताउँदै अझै व्यवस्थित गर्नुपर्ने वताउनु भयो ।
यातायता व्यवस्था कार्यालय सवारी चालक अनुमती पत्र कार्यालयमा हाल सम्म नयाँ सवारीचालक अनुमती दर्ता ९५ हजार २ सय ५७ वटा रहेका छन् भने वर्ग थपका लागि अनुमती पत्र दर्ता ३१ हजार ५ सय ४८ रहेका छन् । यस्तै सवारीचालक अनुतमी पत्र नविकरण ३० हजार ६सय ९३ जनाले गरेका छन् ।
कम्प्युटर अपरेटर विकास नेपालीका अनुसार प्रतिलिपी ६ सय ६८ जनाले लिएका छन् भने नविकरण प्रतिलिपी ७ सय २१ जना, नयाँ सवारी चालक अनुतमी पत्र जारी ४४ हजार ५ सय ९४ जनाले गरेका छन ् । यस्तै वर्ग थप सहितको सवारी चालक अनुमती पत्र १३ हजार ६ सय ५४ जनाले प्राप्त गरेका छन् । यो आर्थिक बर्षमा कुल २ लाख १७ हजार १ सय ३५ वटा सवारी चालक अनुमती पत्र जारी भएका छन् । २४ करोड ६३ लाख ६ हजार ५ सय राजश्व संकलन गरिएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %