विश्वव्यापी आवधिक निष्कर्ष समिक्षा लुम्बिनीमा सम्पन्न

विश्वव्यापी आवधिक निष्कर्ष समिक्षा लुम्बिनीमा सम्पन्न
0 0
Read Time:1 Minute, 32 Second

बुटवल । विश्वव्यापी आवधिक निष्कर्ष सम्बन्धी लुम्बिनी प्रदेश स्तरीय समिक्षा कार्यक्रम रुपन्देहीमा सम्पन्न भएको छ । निल हिरा समाज नेपालको आयोजना तथा राईट हेयर राइट नाओको सहयोगमा शुक्रबार रुपन्देहीमा कार्यक्रम सम्पन्न भएको हो । कुनैपनि देशको मानवअधिकारको कुरा कस्तो छ भनेर गरिने कार्यक्रम अन्तरगत लुम्बिनी प्रदेश स्तरीय कार्यक्रम सम्पन्न भएको हो ।

लम्बिनी प्रदेशमा यौनिक तथा लैंगिक समुदायले दिएका मुद्धाहरुको बारेमा कसरी सहयोग र लागु गर्‍यो भन्ने विषयमा कार्यक्रममा छलफल भएको निलहिरा समाजकी कार्यक्रम अफिसर रुबिना तामाङले जानकारी दिईन् । साथै दलित तथा अन्य अल्पसंख्यखक हरुको सहभागिता रहेको उनले जानकारी दिईन् ।

मिट टम रिभ्यूमा पेस गर्नको लागि साथै प्रदेशबाट सिफारिसकर्ता खोजिरहेको निल हिरा समाजका केन्द्रीय समितिका राजेश लामाले जानकारी दिए । उनले एक दिने निष्कर्ष सम्बन्धी लुम्बिनी प्रदेश स्तरीय समिक्षा कार्यक्रममा यसको बारेमा पनि छलफल भएको बताए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %