अल्पसंख्यकका मुद्दामा पालिकाबाट नै पहल हुनुपर्नेमा जोड

अल्पसंख्यकका मुद्दामा पालिकाबाट नै पहल हुनुपर्नेमा जोड
0 0
Read Time:2 Minute, 59 Second

बुटवल । अल्पसंख्यक समुदायका ब्यक्तिहरुको अधिकारको सवालमा स्थानी तहका पालिकाहरुबाट नै पहल हुनुपर्नेमा जोड दिएका छन।
बिहिवार आयोजित यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायहरुको सवालमा जिल्ला स्तरीय परामर्श भेलामा बोल्ने सरोकारवालाहरुले जुनसुकै अल्पसंख्यक समुदायको अधिकारको शुरूवात पालिका तहबाट नै हुने भएकोले यस तर्फ हुनुपर्ने बताएका हुन।
साहासी कदम नेपालको आयोजना तथा तिलोत्तमा नगरपालिकाको सहयोगमा आयोजित कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका उपप्रमुख जागेश्वरी देबि चौधरीले महिला र पुरुष सँगै अल्पसंख्यकलाई पनि राज्यबाट पाउने सबै अधिकार दिनु पर्ने बताइन् ।
पछाडि परेको समुदायलाई सहयोग गर्न तिलोत्तमा तयार रहेको बताउदै दीर्घकालीन रुपमा स्थापित हुन लागि उद्ममी बन्नु पर्ने उपप्रमुख चौधरीले बताइन् । यसका लागि आवश्यक सहयोग गर्न नगरपालिका आवश्यक सहयोग गर्न तयार रहेको बताइन् । उनले तिलोत्तमाका जनप्रतिनिधि र कर्मचारीले यो समुदायलाई कुनै पनि समस्या पार्ने काम नगर्ने बताईन।

कार्यक्रममा बोल्दै तिलोत्तमा ८ अध्यक्ष कृष्ण पौडेलले वडा स्तरमा आएका अल्पसंख्यक समुदायलाइ वडाबाट अधिकार प्रदान पहल गर्ने बताए।
कार्यक्रममा मानव अधिकार परियोजनाको राष्ट्रिय संयोजक भूमिका श्रेष्ठ र पत्रकार अमृता अनमोलले कार्यपत्र प्रस्तुत गरेको अध्यक्ष आनिक रानाले जानकारी दिइन।
कार्यक्रममा जनप्रतिनिधि संग सामुहिक अन्तरक्रिया समेत गरिएको महासचिव रेशम न्यौपानेले जानकारी दिइन । कार्यक्रमले स्थानीय तह र प्रदेश सरकार समक्ष १४ बुदे माग पत्र सार्वजनिक गर्ने न्यौपानेले बताइन।
कार्यक्रममा प्रनिशा थापा र आरशु राईले आफ्नो भोगाइ र हिजडा परम्परा बाट रुपा गुरु र शिवानी चेलाको माग्ने परम्पराको बारेमा जानकारी गराएको सचीव अनु अनमोलले जानकारी दिइन। अवन्तिका घर्तीको स्वागत नृत्य तथा मुस्कान क्षेत्री, आशिका थापा र हसिना क्षेत्रीले कार्यक्रम ब्यवस्थापन गरेका थिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %