बुटवल उपमहानगरपालिका पूणर् खोप दिगोपना सुनिश्चितता घोषणा

बुटवल उपमहानगरपालिका पूणर् खोप दिगोपना सुनिश्चितता घोषणा
0 0
Read Time:2 Minute, 25 Second

बुटवल। बुटवल उपमहानगरपालिकालाई पूणर् खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ । बुधबार आयोजित कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पूणर् खोप दिगोपना सुनिश्चितता घोषणा गर्नुभयो । बुटवल उपमहानगरपालिकाभित्र बसोबास गर्ने बालबालिकाहरुले खोप पाएको वडा खोप समन्वय समिति र बुटवल उपमहानगरपालिकाको सिफारिशका आधारमा जिल्ला खोप समन्वय समितिको स्वीकृतिमा पूणर् खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको हो ।
घोषणा कार्यक्रममा बोल्दै प्रमुख पाण्डेयले बुटवलमा कुनैपनि प्रकारका खोपको अभाव हुन नदिन बुटवलले विशेष चासो दिएको र पर्याप्त पूर्वतयारी गर्दै आवश्यक जनशक्ति र पूर्वाधार व्यवस्थापन गरेको बताउनुभयो ।
उहाँले स्वास्थ्य क्षेत्रमा बुटवललाई अगुवा बनाउनका लागि छिटै नै दुई वटा सुविधासम्पन्न अस्पतालहरु सञ्चालनको तयारी अवस्थामा पुगेको र यसले बुटवलको स्वास्थ्य क्षेत्रमा अर्को फड्को मार्ने बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले बालबालिकाको स्वास्थ्यलाई बुटवल उपमहानगरपालिकाले विशेष चासो र प्राथमिकतामा राखेको बताउनुभयो ।
स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले बुटवलले खोप दिगोपना सुनिश्चित गर्न हरेक पटक अगाडि नै काम गरेको र सम्पूणर् सुविधा प्रदान गरेको बताउनुभयो ।
बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बुटवलले १६ महिनादेखि २ वर्षसम्मका बालबालिकाहरुले १५ महिनासम्ममा पाउनुपर्ने सम्पूणर् खोप लगाएको र पूणर् खोप सुनिश्चित गर्दै आवश्यक मापदण्डहरु पूरा गरेको बताउनुभयो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %