बुटवलमा खुल्यो द – बासुरी रेष्टुरेण्ट

बुटवलमा खुल्यो द – बासुरी रेष्टुरेण्ट
0 0
Read Time:1 Minute, 30 Second

बुटवल, ३ जेठ । बुटवल – ११ देवीनगरस्थित देवसिद्धचोक नजिकै द – बासुरी रेष्टुरेण्ट सञ्चालनमा आएको छ । बासुरी इभेण्ट म्यानेजमेण्टको सहायक विजेशको रुपमा रेष्टुरेष्ट सञ्चालनमा ल्याईएको सञ्चालक कृष्णप्रसाद आचार्यले जानकारी दिए ।
आर्थिक मन्दीको समयमा समेत युवाहरुलाई रोजगारी दिने उद्देश्यसहित २० लाख लगानीमा रेष्टुरेण्ट सञ्चालनमा ल्याएको सञ्चालक आचार्यले बताए ।
पारिवारिक वातावरणमा खाजा तथा खानाको व्यवस्था भएको रेष्टुरेण्टको बुधबार उद्घाटन गरिएको हो । १६ जना कर्मचारीहरु प्रत्यक्ष रोजगारीमा जोडिएको रेष्टुरेण्टले एकै पटक १ सय जनालाई सेवा प्रदान गर्न सक्नेछ ।
बासुरी इभेण्ट म्यानेजमेण्ट गु्रपमा चार जना युवाहरु कृष्णप्रसाद आचार्य, केशव भण्डारी, निरज आचार्य र युवराज कुमालको लगानी रहेकोछ । स्वदेशमै केही गरौं भन्ने उद्देश्यले स्थापना गरिएको गु्रपले मञ्च, टेण्ट र विभिन्न डेकोरेशनका सेवाहरु प्रदान गर्दै आएको छ ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %